मोरङका सीडीयो मन्त्रालय तानिए
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १४:२:४८
१२ वैशाख, काठमाडौं । मोरङमा कार्यरत सीडीयो तिर्थ भट्टराई मन्त्रालय तानिएका छन् । राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिनका लागि बोलपत्रलगायत प्रक्रियामा संलग्न रहेको भन्दै उनलाई मन्त्रालय ताानिएको हो । उनीसहित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एक अधिकारी पनि छानबिनका लागि मन्त्रालय तानिएका छन् ।
हाल मोरङका प्रमुख जिल्ला अधिकारी रहेका विभागका तत्कालीन महानिर्देशक तीर्थराज भट्टराई र पञ्जिकरण विभागका निर्देशक मुकेश रेग्मी छानबिनका लागि गृह मन्त्रालय तानिएका हुन् । सार्वजनिक खरिद ऐनविपरीत ७ दिने बोलपत्रबाट परिचयपत्रका जैविक र वैयक्तिक विवरण रुजु गर्ने ठेक्का निजी कम्पनी एडभान्टेज इन्टरनेसनललाई दिन गरिएका निर्णय प्रक्रियामा दुवै जना संलग्न थिए ।
तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्री बनेको तीन दिनमै माघ १३ मा मन्त्रीस्तरीय निर्णयबाट ‘नागरिकका विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि–२०७९’ जारी गर्दै ऐनविपरीत ७ दिने बोलपत्रबाट एउटा मात्र कम्पनी प्रतिस्पर्धामा उतारेर एडभान्टेजलाई प्रमाणीकरणको ठेक्का दिलाएका थिए । उक्त कार्यविधिअनुसार बोलपत्र प्रक्रिया र ठेक्का सम्झौता विभागबाट भएको थियो । एडभान्टेजको एकल आवेदन परेपछि उसैलाई १० वर्षका लागि रुजु गर्ने इजाजत दिइएको थियो ।
लामिछानेले जारी गरेको उक्त कार्यविधि सार्वजनिक खरिद ऐनका प्रावधानविपरीत भएको विषयमा कान्तिपुरले समाचार प्रकाशित गरेको थियो । त्यसपछि गत वैशाख ५ को मन्त्रिपरिषद् बैठकले कार्यविधि खारेज र ठेक्का रद्द गर्दै त्यस प्रक्रियामा संलग्नमाथि छानबिन गर्न समिति बनाएको थियो ।
छानबिन गर्न गृहले विभागका तत्कालीन महानिर्देशक भट्टराई र हालका निर्देशक रेग्मीलाई सोमबार मन्त्रालय तानेको हो । भट्टराईलाई मन्त्रालय तानेर उनको ठाउँमा संखुवासभाका प्रजिअ वीरेन्द्र यादवलाई पठाइएको छ । भट्टराई परिचयपत्रको रुजु गर्ने ठेक्काको काम पूरा भएपछि माघ १३ मा मोरङको प्रजिअ भएर गएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार