प्रतिनिधिसभा बैठकमा एमाले सांसद कोइरीको खोजी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १४:१६:०
![](https://nepalbahas.prixacdn.net/media/albums/nisha_RSJlwkhRlQ_ys55yEr4oO.png)
१२ वैशाख, काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले एमालेका सांसल लक्ष्मी महतो कोइरीमाथि किन कारवाही भएन ? भन्दै प्रश्न उठाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले हत्या आरोपी गएकाे मंसिर ४ मा भएकाे प्रतिनिधिसभा चुनावमा महोत्तरी १ बाट निर्वाचित नेकपा (एमाले) सांसद कोइरीका विषयमा प्रश्न उठाइन् ।
‘उनले कोइरी सदनमा जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराईकन ? भन्दै संसदलाई जानकारी दिन सभामुखसँग आग्रह गरिन् । प्रहरीले फरार सूचीमा राखेको भनिएको महतोबारे तत्काल सदनलाई जानकारी दिनुपर्ने उनले बताइन् ।
सदन बैठकमा निरन्तर १० वटा बैठकमा अनुपस्थित हुने सांसदको पद रिक्त हुने व्यवस्था रहेको स्मरण गराउँदै उनले महतो पद बहाल रहे नरहेको कुरा सभामुखबौ सुन्न चाहेको बताइन् ।
निर्वाचितपछि कोइरीले संसद भवनमै सहभागी भएर ज्येष्ठ सांसदबाट सांसद पदको शपथ खाएका थिए । त्यसपछि सरकारकाे चर्काे विराेध भएकाे थियाे ।
त्यसपछि रबि लामिछाने गृहमन्त्री छँदा कांग्र्रेसका सांसद रामहरि खतिवडाले फरार सूचीमा रहेका सांसद महतोलाई पक्राउ गर्न बेवास्ता गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । मधेश आन्दोलनका क्रममा २०७६ मा सशस्त्र प्रहरी हवल्दारको हत्या घटनामा संलग्नताको आरोपमा महतोलाई प्रहरीले फरार सूचीमा राखेर खोजी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाधिवेशनमा साझा दस्तावेज लैजाने निर्णय
असार ८, २०८१ शनिबार
राजनीतिमा अपराधिकरण बढ्दै गयो : नेता शेखर कोइराला
असार ८, २०८१ शनिबार
जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे...
असार ८, २०८१ शनिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
'कार्वाइड' प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह
असार ८, २०८१ शनिबार
टी- २० विश्वकप : बंगलादेश ५० रनले पराजित, भारत सेमिफाइनल नजिक
असार ९, २०८१ आइतबार
पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध, सयौं यात्री अलपत्र
असार ९, २०८१ आइतबार
जाजरकोटमा बाढीले बगाउँदा शिक्षकको मृत्यु, ६ जना घाइते
असार ९, २०८१ आइतबार
पोर्चुगल युरोकपको नकआउट चरणमा
असार ९, २०८१ आइतबार
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
असार ९, २०८१ आइतबार
युरोकपमा जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए
असार ९, २०८१ आइतबार