पालिकाको अनुदान रकममा प्रअ र लेखापालको रजाई, बिद्यार्थीको छात्रवृत्तिमा खेलवाड
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १४:२४:१५
१२ वैशाख, स्याङ्जा । नेपाल सरकारले विद्यार्थीलाई पाठ्यक्रम किन्न दिएको सशर्त अनुदान रकममा विद्यालयका प्रधानाध्यापक र लेखापालले हिनामिना गरेको आशंका गरिएको छ । स्याङजाको विरुवा गाउँपालिका वडा नम्वर ६ स्थित जनप्रिय माध्यमिक विद्यालय चिन्नेवासका प्रअ र लेखापालले हिनामिना गरेको आंशका गरिएको हो ।
२०७८ सालमा बिरुवा गाउँपालिका शिक्षा शाखाले कक्षा ११ र १२ का विद्यार्थीलाई पाठ्यपुस्तक किन्न दिएको अनुदान रकम अहिलेसम्म पनि विद्यार्थीले नपाएको गुनासो गरेपछि यो बिषय बाहिर आएको हो । गाउँपालिकाले जनप्रिय माविलाई अनुदान बापतको १ लाख २४ हजार ५ सय ९९ रकम आर्थिक बर्ष २०७८-०७९ को अन्तिम तिर निकासा गरिदिएको पालिकाको लेखामा देखिएको छ ।
उक्त समयमा सो विद्यालयमा ११ कक्षामा २५ जना र १२ कक्षामा ३४ जना विद्यार्थीले अध्यापन गरेका थिए । सबै विद्यार्थीहरूले आफै पाठ्यपुस्तक किनेर पढेको बताएका छन् । नाम न लेखिदिने शर्तमा एक विद्यार्थीले भने, ‘न स्कुलले किताब किनिदियो न पैसा दियो, हामीले नै किनेर पढेका हौं ।’ हामीले स्कुलले किताब किनिदिन्छ भन्ने न थाहा पायौ, न पैसा उनले भनिन् ।
सो आर्थिक बर्षमा जनप्रिय मावि सहित गाउँपालिकाका ६ वटा विद्यालयले पाठ्यपुस्तक अनुदान रकम पाएका थिए । छिमेकी विद्यालयले पाठ्यपुस्तकमा अनुदान रकम पाएको हल्ला चलिरहँदा विद्यालयका प्रअ भगवत भट्टराईले अनुदान रकम नआएको बताएको विद्यार्थीहरूले बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्माले विद्यालयलाई अनुदानको रकम आएको विषयमा प्रअले जानकारी नदिएको बताए । बाहिर—बाहिर हल्ला सुनेर मैले दुईदिन अगाडि राखेको बैठकमा प्रअलाई सोधेको थिए उनले भने, ‘प्रअले अनुदान आएको स्वीकार गरेका छन् ।’ अहिले शंका लागेर पछि मैले बैंक स्टेटमेन्टसहित सबै हिसाबकिताब देखाउन निर्देशन दिएको छु, उनले भने । दुई वर्षसम्म विद्यार्थीको नाममा आएको अनुदान रकम विद्यालय व्यवस्थापन समितिलाई जानकारी नदिएर प्रअले गुपचुप राख्नु बदनियत देखिएको शर्माले बताए । अब सबै हिसाब किताबको पुन सामाजिक लेखा परीक्षण हुन्छ उनले भने, ‘अनियमितता भएको ठहर भएमा कारबाही हुन्छ ।’ विद्यालय जस्तो पवित्र संस्थामा आर्थिक पारदर्शिता नगर्ने जोसुकै भए पनि छाडिनु हुँदैन उनले भने ।
विद्यालयमा प्रअले पहिलेदेखि नै आर्थिक हिनामिना गर्दै आएको आरोप लाग्दै आएको स्थानीयले बताएका छन् । यस विषयमा सम्बन्धित निकायले राजनीतिक आडमा चासो नदिँदा अनियमितता मौलाउँदै जान थालेको आरोप स्थानीयले लगाएका छन् ।
विद्यालयका प्रअ भगवत भट्टराईलाई अनुदान रकम किन विद्यार्थीलाई बाँड्नु भएन भनेर सोध्दा किताब किनेर विद्यार्थीलाई दिएको बताए । उनले एकै जवाफमा फरक—फरक जवाफ दिएपछि आर्थिक हिनामिना भएको हुनसक्ने अनुमान गरिएको छ । तर विद्यालयका लेखापाल विनोद लम्सालले भने अनुदान रकम आएको र निकासा भए पनि रकम खर्च नभएर विद्यालयकै खातामा रहेको दावी गरेका छन् ।
विद्यार्थीको पढाइ सकिएका बेला रकम आयो उनले भने,‘पछि विद्यार्थीलाई दिन पाईएन, रकम खातामै छ ।’ अब उक्त रकम भवन निर्माण कार्यमा लगाउने निर्णय भएको छ उनले भने । शिक्षा क्षेत्रमा पछिल्लो समय बेथिति बढ्न थालेका छन् । अख्तियारमा पनि सबै भन्दा बढी उजुरी शिक्षा क्षेत्रकै भएपनि अहिलेसम्म कारबाही भएको सुनिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार