श्रम स्वीकृति लिन काठमाडौं आउने झन्झटिलोको अन्त्य
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १४:३३:१५
१२ वैशाख, दोधारा चाँदनी । कञ्चनपुरमा स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्न थालिएको छ । यहाँका बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले श्रम स्वीकृति प्रदान गर्न थालेका छन् । नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएका हुन् ।
सोमबार भीमदत्त नगरपालिकाले दुईजना स्थानीयलाई श्रम स्वीकृत प्रदान गरेको छ । वडा –९ का आनन्द सिंह रावत र वडा नं ८ भवान सिंह भण्डारीलाई नगरको रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृति प्राप्त गरे । श्रम स्वीकृति लिनका लागि काठमाडौं जानुपर्ने बाध्यता हटेको सेवाग्राही बताउँछन । “काठमाडौं पुग्न बढी खर्चिलो झन्झटिलो हुन्थ्यो”, भीमदत्त नगरपालिकाका उप–प्रमुख नीलम लेखक जोशीले भने, “स्थानीय तहबाटै श्रमस्वीकृति पाउन थालेपछि धेरै नै सहज भएको छ ।”
पालिकाबाटै श्रम स्वीकृत आनन्द सिंह रावतले छिटो सेवा पाएकामा खुसी व्यक्त गर्नुभयो । “पहिला श्रम स्वीकृत लिन काठमाडौं जानुपर्ने, त्यहाँ आउँदा जाँदा धेरै खर्च हुन्थ्यो”, रावतले भने, “अहिले घर छेउबाटै छोटो समयमा सेवा लिन पाउँदा खुसी लागेको छ ।”
भीमदत्त नगरपालिकाका रोजगार संयोजक मीनबहादुर महराले सरकारले गरेको व्यवस्थाअनुसार स्थानीय तहबाटै सेवा सुरु गरिएको बताए । गत चैत १६ गते मन्त्रिस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । “सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली 'फेमिस' मा जोडेको छ”, महराले भने, “विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रुपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार