स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम बनाउँदै पालिका
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १५:२९:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/books_r7YuhieBEq_RrkfvElxmP.jpg)
१२ वैशाख, बेदकोट । कञ्चनपुरमा स्थानीयस्तरको विषयलाई समेटेर स्थानीय तहले धमाधम पाठ्यक्रम निर्माण गरिरहेका छन् । कतिपय स्थानीय तहले पाठ्यक्रम निर्माण गरेर लागूसमेत गरिसकेका छन् भने कतिपय पाठ्यक्रम तयार गर्न सक्रिय छन् । पालिकाभित्रको विभिन्न विषयवस्तुलाई विद्यालयमा अध्यापन गराउनका लागि स्थानीय तहले पाठ्यक्रम तयार गरेर सोही अनुसारको पाठ्यपुस्तक विद्यालयमा पठनपाठन भइरहेको छ ।
शुक्लाफाँटा नगरपालिकाले तयार पारेको आधारभूत तहको स्थानीय पाठ्यक्रम स्वीकृत भएर लागू भएको प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । “केही कक्षामा यसअघि नै पाठ्यक्रम लागू भएर स्थानीय विषयवस्तु पठनपाठन हुन्थ्यो, आधारभूत तहका बाँकी कक्षामा यो वर्षदेखि पाठ्यक्रम लागू गरेका छौँ”, उनले भने, “अहिले शिक्षकहरुलाई त्यस बारेमा तालिम दिइरहेका छौँ ।”
बेदकोट नगरपालिकामा पाठ्यक्रम तयार भएसँगै कार्यान्वयनको चरण गइसकेको नगरपालिका शिक्षा शाखा प्रमुख मञ्जु थापाले बताए । “कक्षा १ को पाठ्यपुस्तक निर्माण गरेर सामुदायिक र संस्थागत विद्यालयले गत वर्षदेखि नै पठनपाठन गराइरहेका छन्, कक्षा २ को पाठ्यपुस्तक छपाइ गर्दैछौँ”, उनले भने । उनका अनुसार नगर कार्यपालिकाको बैठकले आधारभूत तहको पाठ्यक्रम स्वीकृत गरेपछि कार्यान्वयनको चरणमा गएको हो । पाठ्यक्रम तयार भए पनि जनशक्ति नहुँदा पाठ्यपुस्तक निर्माणमा समस्या भइरहेको उनको भनाइ छ ।
“पाठ्यक्रम तयार छ, पाठ्यपुस्तक निर्माण गाह्रो काम भएकाले एकैपटक पूरै कक्षाकोे पाठ्यपुस्तक निर्माण गरिसकेका छैनौँ”, शिक्षा शाखा प्रमुख थापाले भने, “पाठ्यपुस्तक निर्माणका लागि जनशक्ति पनि छैन, त्यसैले प्रत्येक वर्ष एक÷एक कक्षाको पाठ्यपुस्तक बनाउँदैछौँ ।” बेलौरी नगरपालिकाले यस वर्षदेखि लागू हुने गरी आधारभूत तह 'कक्षा १ देखि ८ सम्म'मा स्थानीय विषयवस्तु समेटिएको पाठ्यक्रम बनाउँदैछ ।
पालिकाले सूचना जारी गरेर सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई स्थानीय विषयको पाठ्यक्रम सम्बन्धमा पत्राचारसमेत गरेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार पालिकाभित्रका आधारभूत तहका विद्यालयहरुमा स्थानीय विषयको पाठ्यक्रम लागू गर्ने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित बढ्दै
असार ५, २०८१ बुधबार
धनगढीमा गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
असार ४, २०८१ मंगलबार
सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड
असार १, २०८१ शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
आईएल टी-२० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्रसहित १३ खेलाडी रिटेन
असार ७, २०८१ शुक्रबार
गर्मीको समयमा दिल्लीमा खानेपानीको अभाव
असार ८, २०८१ शनिबार
एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
असार ८, २०८१ शनिबार
इटालीमा आप्रवासी जहाज दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो
असार ८, २०८१ शनिबार
आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार
असार ८, २०८१ शनिबार
सुन्धारामा चलिरहेको छ नेपाल अफ्रिका चलचित्र महोत्सव
असार ८, २०८१ शनिबार
मनसुनमय पाँच पोखरी ( फोटो फिचर )
असार ८, २०८१ शनिबार