मनाङको चार पालिकामध्ये तीन पालिका निमित्तको भरमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १५:३७:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/sthaniya-taha_aZaODmG9Nh_1NbrMf9tzN.png)
१२ वैशाख, मनाङ । हिमाली जिल्ला मनाङको चार पालिकामध्ये तीन पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । दुई पालिकामा करिब दुई वर्षदेखि निमित्तको भरमा नै सेवा प्रवाह भइरहेको छ ।
मनाङको विकट क्षेत्र नार्पाभूमि गाउँपालिका र ङिस्याङ गाउँपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । करिब दुई वर्षअघि यस पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएसँगै निमित्तको भरमा चलिरहेको हो ।
नार्पाभूमि प्रशासकीय अधिकृत उमेश पाख्रिनको भरमा सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ । नार्पाभूमिका अध्यक्ष कोन्जो तेञ्जिङ लामाले विकट क्षेत्र भएर कर्मचारी आउन नमान्दा हालसम्म प्रमुख प्रशासकीय अधिकृत आइनपुगेको बताए ।
उनले भने, “प्रदेश तथा सङ्घ सरकारसमक्ष समस्या पटक–पटक राख्दासमेत सुनुवाइ भएको छैन, निमित्त राखेर भए पनि सेवाग्राहीलाई सेवा दिएका छौँ ।” विकट क्षेत्रमा कर्मचारी आउन पनि सकस भएपछि जनताको सेवा कसरी गर्ने भन्ने छुट्टै समस्या सिर्जना हुने गरेको उनले बताए ।
सम्बन्धित निकायले दुर्गम होस् वा सुगम सबै स्थानमा रिक्त रहेको कर्मचारी पूर्ति गरिदिए सेवाग्राहीलाई सेवा दिन सहज हुने उनको भनाइ छ । सहज नभएको स्थानमा नै कर्मचारी आइनपुग्दा विकट क्षेत्रमा सेवा प्रवाहमा पनि समस्या हुने गरेको उनले बताए ।
कर्मचारी अभावले गर्दा चुनावमा गरिएका प्रतिबद्धता र लामो दूरीबाट पैदल हिँडेर सेवा लिन आउने सेवाग्राहीलाई कहिलेकहीँ फर्काउनुपर्दा आफैलाई दुःख लाग्ने गरेको उनले बताए ।
त्यस्तै ङिस्याङ गाउँपालिका पनि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा नै सञ्चालन भएको लामो समय भइसकेको अध्यक्ष कान्छा घलेले जानकारी दिए । “निमित्त प्रमुख प्रशासकीय अधिकृत सूर्यनारायण यादवको भरमा सेवा प्रवाह गरिरहेको छ”, उनले भने, “यहाँका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएदेखि नै को आउने ? कहिले आउने कसैलाई हालसम्म खबर पाएका छैनौँ, जनताको सेवा प्रवाहका लागि निमित्तले काम चलाएका छौँ ।”
त्यसैगरी सदरमुकामकै पालिका चामे गाउँपालिका पनि केही महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । पालिकाको कार्यकारी सरुवा भएपछि हालसम्म कोही पनि आइनपुगेको गाउँपालिकाका अध्यक्ष लोकन्द्रबहादुर घलेले जानकारी दिए ।
“हालसम्म कोही पनि हाजिर हुन आइपुग्नु भएको छैन, निमित्त पनि तोकिएको छैन, सेवा प्रवाहमा समस्या भएको छ”, घलेले भने, “विशेषगरी भुक्तानीमा समस्या हुने गरेको छ ।” आर्थिक वर्षको चौमासिक चलेको समयमा कार्यकारी नहुँदा सेवा प्रवाहमा अझ बढी समस्या भएको उनले बताए । कर्मचारीको अन्यौलताले विकट क्षेत्रमा बजेट फ्रिज र विकासका कार्यमा समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ । सम्बन्धित निकायले समयमा ध्यान पु¥याएमा सहज हुने स्थानीय बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्ज महानगरपालिकाको आगामी बजेट ३ अर्ब नजिक
असार ८, २०८१ शनिबार
इलाममा हट्दै छ आकाशेपानीमाथिको परनिर्भरता, किसान खुसी
असार ७, २०८१ शुक्रबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
आईएल टी-२० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्रसहित १३ खेलाडी रिटेन
असार ७, २०८१ शुक्रबार
गर्मीको समयमा दिल्लीमा खानेपानीको अभाव
असार ८, २०८१ शनिबार
एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
असार ८, २०८१ शनिबार
इटालीमा आप्रवासी जहाज दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो
असार ८, २०८१ शनिबार
आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार
असार ८, २०८१ शनिबार
सुन्धारामा चलिरहेको छ नेपाल अफ्रिका चलचित्र महोत्सव
असार ८, २०८१ शनिबार
मनसुनमय पाँच पोखरी ( फोटो फिचर )
असार ८, २०८१ शनिबार