लहडमा नयाँ स्टकएक्सचेञ्जकाे आवेदन खाेलेर नेप्सेमाथि अन्याय गर्याे : सांसद सिंह
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १८:१९:४७
१२ वैशाख काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स आवेदन खुला प्रक्रियामा भ्रष्टाचारको आशंका भएकाे बताएका छन् । उनले नयाँ लाइसेन्स दिन थालिएको प्रक्रियामा अख्तियारको दुरुपयोग गरेको जिकिर गरेका छन् ।
नियमक निकाय धितोपत्र बोर्ड आफैंले नयाँ स्टक एक्चेञ्जको लाइसेन्स खाेलेर नेप्सेलाई नै धरापमा पार्न खाेजेकाे बताए । ‘नियामक निकाय संरक्षक पनि हुन आफैंले लाइसेन्स प्रदान गरेको, आफ्नै नियमन तथा सुपरीवेक्षण मातहतमा रहेको नेप्सेलाई कुनै निकास नदिई जबरजस्ती प्रतिस्पर्धा गराउँछु भन्नु अख्तियार दुरूपयोग हो कि होइन ?’ उनले संसदमा प्रश्न उठाए । उनले नयाँ स्टक एक्सचेन्जका आकांक्षीहलाई नेप्सेकै शेयर बिक्री गर्नुपर्ने बताए ।
जनताको करबाट पालिएको संस्थालाई व्यक्तिगत लहडमा चलाउनु अपराध भएको उनको भनाइ थियो । धितोपत्र बोर्डले आइतबारसम्म खुला गरेको नयाँ स्टक एक्चेञ्जको लाइसेन्सका लागि ३ हिमालयन, नेशनल र अन्नपूर्ण कम्पनीले आवेदन दिएका छन् । यस्तै, वस्तु विनिमय अर्थात कमोडिटीतर्फ ४ कम्पनीले आवेदन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार दोहोरो अंकले घटेर २६०९ विन्दुमा रोकियो नेप्से, १५ करोडले बढ्यो कारोबार
पुष १४, २०८१ आइतबार
४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार