बेवारिसे गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने
नेपालबहस संवाददाता
बैशाख १३, २०८० बुधबार १२:७:३
१३ वैशाख, काठमाडौं । सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छा संरक्षणका लागि सबैको सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको हो ।
यही वैशाख २२ देखि २८ गतेसम्म गोरक्ष महायज्ञ गरिने कार्यक्रम रहेको महायज्ञका संयोजक उत्तम पुडासैनीले राससलाई जानकारी दिए । सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि पहिलोपटक यस्तो महायज्ञ गर्न लागिएको र महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचन गरिएको छ ।
गाईबाच्छा संरक्षण अभियानअन्तर्गत दुई सय बेवारिसे गाईबाच्छाले आश्रय पाएकामा तिनलाई सहयोग गर्नेको सङ्ख्या पनि अहिले बढ्न थालेको र यस अभियानमा जनचासो बढ्ने क्रम पनि जारी छ । यसै क्रममा गोरक्ष महायज्ञ गर्न लागिएको आयोजक समितिले जनाएको छ । त्यस्ता गाईबाच्छा संरक्षणका लागि नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको जनाइएको छ ।
वैशाख २२ गते उपराष्ट्रपति रामसहायप्रसाद यादवले महायज्ञ शुभारम्भ गर्ने जनाइएको छ । अभियानले २०७५ जेठ १ गतेदेखि बेवारिसे गाईबाच्छा संरक्षणका लागि अभियान चलाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार