तुलसी सहकारीका बचतकर्तालाई किस्ताबन्दीमा बचत रकम फिर्ता दिइने, इच्छुकले जग्गा समेत लिन सकिने
नेपालबहस संवाददाता
बैशाख १३, २०८० बुधबार १२:१०:२०
१३ वैशमख, काठमाडौं । तुलसी बहुमुखी सहकारी संस्थाको झापास्थित दमक शाखामा देखिएको समस्या तत्कालका लागि टर्ने भएकाे छ । सहकारी र बचतकर्ताहरूबीच रकम सुरक्षित तवरले फिर्ता गर्ने र सहकारीको काम सुचारु गर्न दिनेबारे सम्झौता भएपछि लामो समयदेखि चलिरहेको समस्या समाधानको बाटोमा पुगेको ठानिएको छ ।
दमक नगरपालिकाको कार्यालयमा भएको सम्झौतामा दमकका प्रमुख राम थापासमेतको उपस्थितिमा पीडक र पीडित पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
दमक उद्योग वाणिज्य महासंघ र स्थानीय प्रशासनको रोहबर रहेको छ । बचत रकम फिर्ता पाउन संघर्षरत बचतकर्ताहरुले सहकारीलाई आफ्नो सेवा सञ्चालन गर्ने र उसका प्रतिनिधिलाई निर्धर्वा ढंगले कामकाज गर्ने दिने सहमति बनेको छ ।
सहमतिअनुसार एक लाख रुपैयाँसम्मको बचत कर्तालाई गार्डेन मार्टबाट सामान खरिद गर्ने सुविधा दिने, एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मका बचतकर्तालाई २०८० साउन महिनादेखि २५ प्रतिशतका दरले दुई दुई महिनामा बचत फिर्ता गर्ने भएको छ ।
यस्तै, ५ लाख देखि २८ लाख ९९ हजारसम्मको लागि २०८० कात्तिकदेखि १५/१५ प्रतिशतका दरले प्रत्येक दुईरदुई महिनामा बचत फिर्ता गर्ने, ५ लाखदेखि माथिका बचत कर्तालाई प्रत्येक २०८० पुस महिनादेखि प्रत्येक दुईरदुई महिनामा १० प्रतिशतका दरले रकम भुक्तानी गर्ने सहमति भएको छ ।
पाँच लाखदेखि २५ लाख रुपैयाँसम्मको बचतकर्ता ९४ जना रहको सहकारीले जनाएको छ । उनीहरुलाई सहकारीबाट आफ्नो बचत बराबरको जग्गा जमिन तथा भौतिक संरचना पनि लिन पाइने व्यवस्था गरिएको छ ।
सहकारी संचालकहरूले भने भौतिक पूर्वाधार र जग्गामा लगानी भएकाे र पर्याप्त पुँजी भएकै अवस्थामा पनि राष्ट्रिय अर्थतन्त्रमा देखिएकाे संकटका कारण बचतर कममा असर परेको तर्क छ । सहकारीले डिपार्टमेन्टल स्टाेर लगायत व्यापारिक केन्द्रहरू समेत संचालन गर्दै आएकाे छ ।
बचत रकम फिर्ताको माग गर्दै बचतकर्ता सहकारीमा धर्नासहित आन्दोलित थिए । रकम फिर्ता गर्न नसक्दा संचालक फरार थिए । उपाध्यक्षसहित केही संचालकलाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छः पीडित
बैशाख १०, २०८१ सोमबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार