मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट, रिजल्ट हेर्ने कसरी ?
नेपालबहस संवाददाता
बैशाख १३, २०८० बुधबार १२:१६:४६
१३ वैशाख, काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएको छ । यस आईपीओ लैनचौर ब्यांक्वेटमा बाँडफाँट हुने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले यसको बाँडफाँट गोलाप्रथाद्वारा भएको हो । यसमा ९५ हजार ४११ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर पाएका छन् । जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् ।
यो आईपीओमा कुल १२ लाख ४४ हजार ३८५ जना आवेदकले आवेदन दिएकामा ६५ हजार ६४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणलाई सेयर बिक्री गरेको हो । रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आईपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।
आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र मेन्छियाम हाइड्रोपावरको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार