महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँट
नेपालबहस संवाददाता
बैशाख १३, २०८० बुधबार १३:१९:५५
१३ वैशाख, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले चैत २९ गतेदेखि वैशाख ४ गतेसम्मको लागि ऋणपत्र बिक्री गरेको थियो । बैंकले १ अर्ब बराबरको ऋणपत्र बाँडफाँड गरेको हो ।
बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्काशन गरेको थियो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ६० करोड बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने ४० प्रतिशत अर्थात् ४० करोड बराबरको ४ लाख कित्ता सामूहिक लगानीकोष समेत सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।
सामूहिक लगानी कोषहरुका लागि २० हजार कित्ता ऋणपत्र छुट्याइएको र बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गरिएको थियो । बैंकले ऋणपत्र बिक्री प्रबन्धकमा एनआईसी एशिया बैंक लिमिटेडका अनुसार वैशाख १२ गते ऋणपत्र बाँडफाँट गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बञ्जी जम्पमा १५ सयसम्म छुट
बैशाख ४, २०८१ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार