भुक्तानी रोकेको भन्दै ठेकेदारहरूले कार्यकक्षमै थुनिदिए भौतिक मन्त्रालयका सचिव
नेपालबहस संवाददाता
बैशाख १३, २०८० बुधबार १६:३:२२
१३ वैशाख, काठमाडौं । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई ठेकेदारहरूले कार्यकक्षमै थुनेका छन् ।
काम पूरा भइसकेका विकास योजनाको रकम भुक्तानी नगरेको भन्दै आक्रोशित निर्माण व्यवसाय गर्दै आइरहेका ठेकेदारहरुले भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई बुधबार दिउँसो कार्यालयमै थुनेका हुन् ।
निर्माण पूरा भएको डेढ वर्ष बित्दा समेत विभिन्न बहानामा सचिव मिश्रले हैरानी दिएर भुक्तानी रोकेको ठेकेदारहरुको भनाइ छ । उनीहरुले मिश्रलाई कार्यकक्षभित्र राखेर बाहिरबाट ताला लगाएर मन्त्रालय परिसरमा प्रदर्शन गरेका छन् । उनीहरुले सचिवको कार्यकक्ष अगाडि फोहोरसमेत थुपारेका छन् ।
पूरा भएको कामको पैसा नपाउँदा बैंकको ब्याजले उठवासको अवस्थामा पुगेको उनीहरुको भनाइ छ । हालसम्म विभिन्न ३८ वटा योजनाको ६० करोड रकम भुक्तानी गर्न पाउन नसकेको उनीहरुले बताए । प्रदेशमा उपभोक्ता समितिबाट गराइएका कामको मात्र झण्डै १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार