सुदूरपश्चिम लोकसेवा आयोगद्वारा प्राविधिकतर्फ कर्मचारी माग
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १२:५:२३
१४ वेशाख, काठमाडौं । सुदूरपश्चिम लोकसेवा आयोगले बिहीबार एक सूचना जारी गर्दै प्राविधिकतर्फ कर्मचारी माग गरेको छ ।
सूचनाअनुसार सहायक चौथो प्राविधिकतर्फ विभिन्न पदपूर्तिको लागि आवेदन आह्वान गरिएको छ । खुला तथा समावेशी कोटामा प्रतियोगितामार्फत पदपूर्ति गर्ने जनाइएको छ ।
खुलातर्फ असिस्टेन्ट सव इञ्जिनयिर, इन्जि. सिभिल पदमा ३१, सोही पदमा आदिवासी जनजातितर्फ १२, महिलातर्फ ११ मधेसीतर्फ ५ तथा खानेपानी सरसफाई टेक्निसियन (इन्जि., सेवा, सिभिल, स्यानिटरी) तर्फ खुला ४, अमिन (इन्जि. सर्भे) खुला ८ गरी विभिन्न तहमा परी कुल १६९ जना कर्ममारी माग गरिएको छ ।
आवेदकका लागि विभिन्न शीर्षकमा योग्यता तोकिएको छ । १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । तर महिला तथा अपांगता भएका उम्मेदवारको हकमा ४० वर्ष उमेरसम्मकाले आवेदन दिन सकिने जनाइएको छ ।
योग्यता पुगेको उम्मेदवारले अनलाइनमार्फत् फारम भर्न सक्नेछन् । आवेदन दिने अन्तिम समय आगामी जेठ ३ गते र दोब्बर दस्तुर तिरेर जेठ १० गतेसम्म दिइएको छ । अनलाइन मार्फत पनि आवेदन फारम भर्न सकिने आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार