नेपालमा बनेका सवारी साधन दर्ता गर्ने कानून बन्यो, अब कर विजक भए पुग्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १२:४५:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/yati_m31qDbcK6T_7ZfaerJXUS.png)
१४ वैशाख, काठमाडौं । नेपालमा बनेका सवारी साधन दर्ता हुने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै ‘यातायात व्यवस्थापन कार्यविधि २०६०’ लाई संशोधन गरी स्वदेशमा जडान वा उत्पादन हुने सवारी दर्ताको व्यवस्था गरिएको जनाएको छ ।
‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरी संशोधन गरिएको व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको’ सूचनामा जनाइएको छ ।
योसँगै अब नेपालभित्रै जडान वा उत्पादन भएका विद्युतीय वा इन्धनवाला सवारी दर्ता गर्ने बाटो खुलेको छ । यसरी दर्ता गर्दा प्रज्ञापन पत्र वा भन्सार तिरेको रसिद नचाहिने भएको छ । मुल्य अभिवृद्धि कर वा अन्त शुल्क सन्बन्त्री प्रावधान आकर्षित हुने सवारीको हकमा अन्त शुल्क निकाल फारम बुझाए पुग्ने जनाइएको छ ।
नयाँ व्यवस्थासँगै अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायत सजिलै गर्न सकिने विभागले जनाएको छ । यसका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र अन्तः शुल्क तिरेको प्रमाण पेश गर्नुपर्ने हुन्छ ।
राष्ट्रिय आविष्कार केन्द्रका संचालक एवं वैज्ञानिक महाविर पुन लगायत उद्योगी व्यवसायीहरुले नेपाली सवारी दर्ताको लागि कानून ल्याउन माग गर्दै आन्दोलनको चेतावनीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही सोमबार मात्र मुख्य सचिव शंकरदास बैरागीमार्फत भौतिक पूर्वाधार विकास मन्त्रालाई स्वदेशमा बनेका सवारी दर्ताका लागि कानून प्रबन्ध मिलाएर सात दिनभित्रमा मन्त्रिपरिषदमा पेस गर्न निर्देशन दिएका थिए ।
राष्ट्रिय आविष्कार केन्द्रले युवा वैज्ञानिकहरुको सहयोगमा विजुलीबाट चल्ने ‘यात्री’ मोटरसाइकल बनाउँदै आएको छ । दर्तासम्बन्धी कानुनको अभावमा उत्पादित यात्री मोटरसाइकल खरिद बिक्री तथा ट्राफिक चेकजाँचमा समस्या परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
सोमबार ३० अंकले बढ्यो बजारः १० अर्बका शेयर खरिदबिक्री, २७२७ मा उक्लियो नेप्से
फागुन ५, २०८१ सोमबार
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
फागुन ५, २०८१ सोमबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार