दैलेखमा असिना पानीका कारण ठूलो क्षति, राहत उपलब्ध गराउन माग
इन्द्र रिजाल
चैत २४, २०७५ आइतबार २३:१८:४६
काठमाडौं । प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले यही चैत २२ गते साँझपख दैलेखको इतिहासमै पहिलो पल्ट भएको ठानिएको हुरीबतास र असिना वर्षाले जिल्लाका दुई नगरपालिका र एक गाउँपालिकाका प्रभावित परिवारका लागि राहतको व्यवस्था गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तीनै तहका सरकारसमक्ष आग्रह गरेका छन् ।
सांसद बुढाले आफूले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसंँग भेटी क्षतिको अनुमानित विवरण पेश गरेको र प्रभावित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन आग्रह गरेको जानकारी दिए।
उनका अनुसार दुल्लु नगरपालिकाका वडा नं २, ३ र ९ तथा चामुण्डा विन्द्रासैनी नगरपालिकाका १ देखि ९ सम्मका सबै वडामा बालीनाली, बोटबिरुवा र घरका छानामा पूरै क्षति पुगेको छ । यसैगरी असिना र हुरी बतासले ठाँटीकाँध गाउँपालिकाका वडा नं १, २ र ६ मा पूर्ण क्षति भएको छ भने ३, ४ र ५मा आंशिक भौतिक तथा बालीनाली नष्ट भएको बताइएको छ । आठबीस नगरपालिका वडा नं ९ मा पनि हुरी र असिनाले पूर्ण क्षति पु¥याएको छ ।
सांसद बुढाले प्रभावित क्षेत्रका दाजुभाइ दिदीबहिनीलाई यस्तो व्यापक क्षति भएकामा आफू अत्यन्त दुःखी भएको बताउँदै धैर्यधारण गर्न आग्रह गरेका छन् । “यस्तो क्षति र विपत्तिको समयमा सबैको साथ आवश्यक हुन्छ र जनताको दुःखको बेला सरकारको भूमिका झनै महत्वपूर्ण हुन जान्छ”, सांसद बुढाले भने । स्थानीय जानकारलाई उद्धृत गर्दै सांसद बुढाले असिना करीब २ फिटसम्म बाक्लो परेको तथा त्यसको आकार अहिलेसम्म देखिएको असिनाको भन्दा चौबर ठूलो रहेको बताए ।
प्रतिनिधिसभाका सांसद पार्वती विशुंखेले पनि जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेकी छिन् । सांसद बुढाका अनुसार जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा पर्ने गुराँस गाउँपालिकाका १, २ र ३मा पूर्ण र वडा नं ४ मा पनि आंशिक क्षति पुगेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार