सुरेन्द्रराज पाण्डे बने गण्डकीको मुख्यमन्त्री
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १६:३२:४२
१४ वैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेशसभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेको जनाएका छन् । पाण्डेले पद तथा गोपनियताको शपथ भने शुक्रबार मात्र लिनेछन् । उनी याे प्रदेशमा पाचाैं मुख्यमन्त्री बनेका छन् ।
कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको हस्ताक्षरसहित पाण्डेले आजै मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।
नियुक्तिपछि संचारकर्मीहरुसँगको कुराकानीमा पाण्डले अहिलेको गठबन्धन प्रदेशसभाको अवधिभर रहने बताए । उनले मुख्यमन्त्रीमा माओवादी केन्द्रँग आलोपालो हुने समेत बताए ।
एमालेबाट मुख्य मन्त्री बनेका खगराज अधिकारी यही वैशाख ९ मा प्रदेशसभामा राखेको विश्वास मत लिने प्रस्ताव बहुमतले अस्वीकार गरेपछि पदमुक्त भएका थिए । सोपछि प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दिउँसो ४ बजेसम्मका लागि समय तोकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार