आजदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाका सचिवको पद खाली हुँदै
नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार ८:५:२४
१५ वैशाख, काठमाडौं । शुक्रबारदेखि संघीय संसदमा दुई सचिवको पद खाली हुँदैछ । १६ वैशाख २०७५ मा प्रतिनिधिसभाको सचिवमा नियुक्त भएका गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको पाँच वर्षे कार्यकाल शुक्रबार किन लागेको छ । संविधान अनुसार राष्ट्रपतिले सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्ने प्रावधान छ ।
संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन अनुसार उनीहरुको पदावधि पाँच वर्षको हुन्छ । खाली हुने सचिव पदमा पदपूर्तिका लागि सभामुख देवराज घिमिरेले छलफल पनि चलाएका छन् । सचिव पदमा योग्यता पुगेका र योग्य व्यक्तिहरुको खोजि भइहेको छ ।
संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको सचिवको योग्यता तोकिएको छ । जस अनुसार सचिव हुनका लागि ३५ वर्ष पूरा भएको हुनुपर्छ । नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कानून, प्रशासन, व्यवस्थापन, राजनीतिशास्त्र, अर्थशास्त्र वा समाजशास्त्र विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ ।
सचिवको दुवै पद राजनीतिक रुपमा नियुक्त हुने भए पनि नियुक्त हुनु भन्दा तत्काल अगाडि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने पनि योग्यतामा उल्लेख छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको सचिव पदमा जान धेरै इच्छुक पनि देखिएका छन् । सचिव पदमा पठाउनदल निकट व्यक्तिहरुको आनाथाप हुने गरेको छ । यसका लागि शैक्षिक योग्यताभन्दा अर कुनै क्राइटेरीया बनाइएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार