काठमाडौंको महानगरको २५ अर्ब बजेटमा ५ अर्ब मात्रै खर्च
नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार ८:१०:३२
१५ वैशाख, काठमाडौं । मेयर बालेन शाहका विभिन्न वक्तव्यबाजीका कारण चर्चामा रहेको काठमाडौं महानगपालिको पुँजीगत खर्च निकै कम देखिएको छ । महानगरपालिकाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रगती विवरणमा देखाइए अनुसार काठमाडौं महानगरपालिकाको खर्चको दर गत वर्षभन्दा खस्किएको छ ।
चलु आर्थिक वर्षका लागि महानरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमा चैतसम्ममा ५ अर्ब ४४ करोड ५ लाख रुपैयाँ मात्रै खर्च गर्न भएको छ । यो बजेट खर्च नहुने अवस्था आएपछि महानगरपालिकाले संशोधन गर्दै २२ अर्ब ५३ करोड ३३ लाखमा झारेको जनाएको छ ।
संशोधित अनुमानअनुसार साउन यता ९ महिनाको कुल खर्च जम्मा २४ दशमलव १४ प्रतिशत मात्रै भएको छ । महानगरले अझै १७ अर्ब ९ करोड २८ लाख रुपैयाँ खर्च गर्न बाँकी छ । यो रकम आउँदो असारमहिनाभित्र खर्च हुने अवस्था छैन् । गत आर्थिक वर्षको पहिलो ९ महिनामा महानगरले ३० दशमलव ३४ प्रतिशत खर्च गरेको थियो । गत वर्ष १८ अर्ब १५ करोड ७७ लाख रुपैयाँको बजेट ल्याइएका थियो ।
यो बजेट तत्कालिन मेयर विद्याशुन्दर शाक्यले संशोधन गरेर १६ अर्ब ५१ करोड ६८ लाखमा झारेका थिए । गत वर्ष चैत मसान्तसम्म ५ अर्ब १ करोड १३ लाख रुपैयाँ खर्च भएको थियो । ४३ करोड रुपैयाँको खर्च रकम भने केही बढेपनि चालु आवको बजेटको तुलनामा ९ महिनामा महागरको खर्चदर ६ प्रतिशतले कम विवरणमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार