अलपत्र पारिएका भक्तपुर-नगरकोट सडकको ठेक्का रद्द गर्न माग
नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार १६:८:३१
१५ वैशाख, काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले नगरकोट सडकखण्डको ठेक्का रद्द गर्न माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद बास्कोटाले भक्तपुर–नगरकोट सडकको ठेक्का लिएर लामो समय बित्दा समेत पूरा गर्ने ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाउन सरकारसँग माग गरे ।
उनले सडक खण्डलाई ‘घरबेटी मार्ग’को संज्ञा दिँदै प्रधानमन्त्री प्रचण्ड बसेकै घरबेटीले ठेक्का लिएर पटकपटक म्याद थप गर्दा समेत पूरा नगरेर स्थानीयलाई चरम असुविधा र अन्याय गरेको भन्दै ठेक्का रद्द गरेर नयाँ ठेक्कामा लगाई काम छिटो सक्न माग गरे ।
घरबेटी शरद अधिकारीको शैलुङ कन्ट्रक्सनले ठेक्का लिएको छ । पटकपटक म्याद थप हुँदा समेत निर्माण सम्पन्न नगर्दा स्थानीयलाई धुलाम्य र हिलाम्यका कारण वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
वास्कोटाले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि सरकारमा रहेका दलले नै कार्यकर्ता घुसपैठ गराएर झापा र पाँचथरमा आक्रमण गराएको आरोप लगाए । आक्रमणमा संलग्नलाई तत्काल कारवाही हुने वा नहुने भन्ने प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिन माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’
मंसिर २७, २०८१ बिहिबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार
‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन
मंसिर २७, २०८१ बिहिबार