रवि लामिछानेका चालकको अवस्था चिन्ताजनक
नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार १६:३३:३३
१५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेका चालक दिलबहादुर थापाको उपचार अझै भेन्टिलेटरमा गराइरहेका छन् ।
गत वैशाख ४ गते चितवनको भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थापाको अहिले मेडिसिटी अस्पताल ललितपुरमा भेन्टिलेटरमा राखेर सघन उपचार भइरहेको छ । उनको मस्तिष्कमार गम्भीर चोट रहेको र अवस्था चिन्ताजनक अवस्था रहेको उपचारका संलग्न चिकित्सकहरुले जनाएका छन् ।
सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला चितवन पुगेका थापा वैशाख ४ गते बिहान ४ बजेतिर थापा घरको छतबाट खसेका थिए । भरतपुरमा उपचार संभवन नभएपछि उनलाई हेलिकप्टरबाट मेडिसिटीमा उपचार थालिएको थियो ।
लामिछाने चुनाव जितेर शुक्रबार मात्र सांसदको शपथ लिएका छन् । उनी आज बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन् । उनले चुनाव प्रचारका बेला थापा छतबाट झरेको घटनालाई आफूसँग जोडेर अतिरञ्जित गरेको भन्दै सामाजिक संजालबाट समेतर आपत्ति समेत जनाएका थिए । तर पछिल्लो समयमा उनले थापाको स्वास्थ्यबारे कुनै माध्यमबाट केही बताएका छैनन् ।
सँगै सुतेका बेला थापा खसेको पाइएपछि रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालकलाई नियन्त्रणमा लिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
सुत्केरीको उद्धार, बच्चाको अवस्था सामान्य
कात्तिक २५, २०८१ आइतबार
चिसो बढेसँगै डेङ्गु संक्रमण घट्दै
कात्तिक २५, २०८१ आइतबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
कोप–२९ः राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने
कात्तिक २८, २०८१ बुधबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार