संसदकाे १० विषयगत समिति गठन, संयुक्त समिति अझै अन्याैल
नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार १६:५४:१७
१५ वैशाख, काठमाडौं । संघीय संसदमा संसदीय विषयगत समिति गठन भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषयगत १० वटा समिति गठन भएको जानकारी सदनलाई दिएका छन् । उनले समितिमा रहने सदस्यहरुको नाम संसदमा सुनाएका छन् ।
गत ४ मंसिरमा सम्पन्न चुनावपछिको प्रतिनिधिसभाको अधिवेशन भने पुस २५ गतेबाट शुरु भएको थियो । संसद गठन भएको झण्डै ५ महिनापछि समिति गठन गरिएको हो । राष्ट्रिय सभाको समेत गरी दुई वटा विषयगत समिति रहेका छन् । विषयगत समितिमा रहने सदस्यहरुको नाम पढेर सभामुखले सदनसमक्ष राखेको प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन भएको छ ।
प्रतिनिधिसभाको विषयगत समितिअन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेको छ ।
संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति छन् । संयुक्त समिति भने अझै गठन भएको छैन् । दलहरूबीच भागबण्डामा कुरा नमिल्दा गठन हुन नसेकेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप–२९ः राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने
कात्तिक २८, २०८१ बुधबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
कोप–२९ः राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने
कात्तिक २८, २०८१ बुधबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार