गायक ढकालले गरे माया हुन्छ भननमा केकीसंग स्क्रीन सेयर
नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार १७:२७:५३
१४ वैशाख, काठमाडौं । प्रख्यात संगीतकार शम्भूजीत बासकोटाको संगीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत माया हुन्छ भननलाई सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई बिहिबार काठमाडौंमा म्युजिक नेपालद्वारा एक समारोहबीच सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बरिस्ठ संगीतकार शम्भूजीत बासकोटा, गायक राम कृष्ण ढकाल, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा , निर्देशक निकेश खड्का लगायतको उपस्थिति रहेको थियो । गीतको म्युजिक भिडियोमा स्वयम् गायक रामकृष्ण ढकाल र नायिका केकी अधिकारी अभिनय रहेको छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको सम्पादन रहेको छ । ुमाया हुन्छ भननु लाइ म्युजिक नेपालको युट्युब च्यानल,म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स र ६० भन्द बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ । कार्यक्रममा गायक रामकृष्ण ढकालले केहि लाइभ गीतहरु गाउदा उपस्थित व्यक्तिहरुबाट वान्स अगेन र हुटिंङ गर्दै रमाइलो गरेका थिए
लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आएका गीतकार ज्ञानेन्द्र गदाल नेपाली गीत, कथा, कविता ,गजल लगायतको बिभिन्न साहित्यीक लेखनमा निरन्तर लागिरहेका छन् । गदालले नेपालको साहित्य क्षेत्रमा योगदान गरेवापत नेपाल सरकारले प्रदान गर्ने छिन्नलता गीत पुरस्कारबाट समेत पुरस्कृत भएका छन् । उनका धेरै एकल गीतका एल्बम र गीतसंग्रहहरु पनि प्रकाशित भैसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार