निरा पाण्डे हत्या घटनाको अनुसन्धान गर्न एआईजीको नेतृत्वमा समिति गठन
नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार १७:३८:४१
१५ वैशाख, काठमाडौं । राजधानीको कपनस्थित सरस्वतीगरमा यही वैशाख ७ गते दिउँसो आफ्नै पसलमा बाग्लुङकी निरा पाण्डेको विभत्स रुपमा हत्या भएको घटना अनुसन्धान गर्न प्रहरीले एआईजीको नेतृत्वमा समिति गठन गरेको छ ।
प्रहरीले केन्द्रीय अुनसन्धान ब्यूरोकी एआईजी किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको हो । पाण्डेको हत्यार पत्ता लगाउन नसकेको भन्दै सदनमा समेत आवाज उठेको बेला समिति गठन गरिएको हो ।
गठित समिति सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसी, ब्युरोकै एसएसपी दिनेश आचार्य, डीएसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतलगायत छन् ।
दिउँसो आफ्नै भाँडा पसलमा शरीरमा २० भन्दा बढी ठाउँमा धारिलो हतियार प्रहार भएको अवस्था फेला परेकी ३५ वर्षीया निराको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
त्यस घटनामा प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । हत्यारा पत्ता लगाउन पीडित परिवार, आफन्त र अधिकारीकर्मीहरुले राजधानीमा प्रदर्शन समेत गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’
कात्तिक २७, २०८१ मंगलबार
सिन्धुलीको हरिहरपुरगढीमा प्रधानाध्यापकमाथि गोली प्रहार
कात्तिक २५, २०८१ आइतबार
उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
कात्तिक २३, २०८१ शुक्रबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
कोप–२९ः राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने
कात्तिक २८, २०८१ बुधबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार