उदयपुर सिमेन्ट उद्योगमा चरम भ्रष्टाचार, जीएम न्यौपानेमाथि छानविन गर्न चारवटै मजदुर संगठनको माग
नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार १८:१८:२०
१५ वैशाख, उदयपुर । देशकै पुरानो उदयपुर सिमेन्ट उद्योग भ्रष्टाचारले थलिएको छ । सरकारी स्वामित्वमा सञ्चालित यस उद्योगमा सञ्चालक समिति र महाप्रबन्धकको मिलेमतोमा चरम आर्थिक अनियमितता भइरहेको रहस्य खुलेको हाे । भ्रष्टाचारकै कारण उद्योग लगभग बन्द हुने अवस्थामा आइपुगेको छ । सञ्चालक समितिमा रहेका केही सदस्य र उद्योग व्यवस्थापनमा रहेका उच्च कर्मचारीले यस उद्योगलाई दुहुनो गाई बनाएका छन् । तर, सरकार भने मुकदर्शक बनेर बसेको छ ।
यसको तालुक दार मन्त्रालय उद्योग मन्त्रालयमा महाप्रबन्धक गोपी कृष्ण न्यौपानेदेखि प्रशासनमा बसेका कर्मचारीले लुट मच्चाइरहेको जानकारी पटक पटक गराउँदा पनि मन्त्रालयको जिम्मेवारीमा पुगेका मन्त्री र सचिवले कुनै वास्ता देखाएका छैनन् । महाप्रबन्धक न्यौपानेसहितका उच्च कर्मचारीकाे चरम भ्रष्टाचारले सीमा नाघेपछि उद्योग बन्द हुने अवस्थामा आइपुगेको भन्दै उद्योगका कर्मचारी युनियनहरूले महाप्रबन्धक न्यौपानेको बर्खास्तीको मागसहित आन्दोलनको तयारी गरेका छन् ।
उदयपुर सिमेन्ट उद्योगका चार वटा कर्मचारी संघ संगठनले सयूक्त रूपमा ध्यानाकर्षण जारी गर्दै बुझाएकाे पत्रमा भनिएकाे छ, अहिले उद्योग भ्रष्टाचारले पुरै गाँजिएको छ । भ्रष्टाचारकै कारण विगत १० महिनादेखि कोइराला अभाव देखाएर यसलाई पुर्णरुपमा सञ्चालनसमेत गर्न छाडिएको छ । अहिले यो उद्योग महिनामा पाँचदेखि सात दिन मात्र सञ्चालन भइरहेको छ । कोइलाका लागि रकम लगिए पनि त्यो रकम केमा खर्च भइरहेको छ भन्ने कुरा प्रशासनले जानकारी दिन छाडेको छ ।
साे पत्रमा भनाइमा उदयपुर सिमेन्ट उद्योगमा सञ्चालक समिति, तालुकदार उद्योग मन्त्रालयका कर्मचारी महाप्रबन्धक, प्रशासनका कर्मचारी सबैको ध्यान उद्योग चलाउने भन्दा पनि कसरी कुन वस्तुबाट बढी कमिशन हात पार्न सकिन्छ भन्ने तर्फ नै केन्द्रित रहेकाले उद्योगलाई बचाउनेमा कसैको ध्यान गएको छैन । उद्योगको अवस्थाबारे मन्त्रिपरिषदबाट कुनै निर्णय नभए केही समय पछि नै यो उद्योग खण्डहरमा परिणत हुने कर्मचारीहरू बताउँछन् ।
कर्मचारीका अनुसार महाप्रबन्धक गोपी कृष्ण न्यौपाने उद्योगका लागि आर्थिक सहयोग जुटाउने भन्दै लामो समयदेखि नियमित कार्यालयमा उपस्थितिसमेत हुन छाडेका छन् । उद्योग सञ्चालनको कामप्रति उदासीन रहँदै आएका न्यौपानेले कर्मचारीलाई झुट्टा आश्वासन दिएर भ्रमित बनाउने काम गरिरहेका छन् । उनले उद्योगलाई विधि र पद्धतिमा लानुको सट्टा डर र त्रास देखाएर मनोमानी ढंगले चलाउन खोजेको कर्मचारीको आरोप छ ।
अहिले उदयपुर सिमेन्ट उद्योगको सञ्चालक समितिको अध्यक्षमा केशव कुमार बस्नेत रहेका छन भने अन्य सदस्यहरूमा विशाल सापकोटा, रामकुमार खतिवडा, देवीप्रसाद बराल, लिलबहादुुर बस्नेत, कुमारप्रसाद राई, रमेश चौधरी र मिरा लामिछाने रहेका छन । उनीहरूले उद्योग सञ्चालन गराउनेभन्दा यसलाई कसरी निजी आम्दानीको स्रोत बनाउन भन्ने मात्र सोच बनाएका छन् । कर्मचारीले उद्योग डुवाउनेमा सञ्चालक समितिमा रहेकाहरूको पनि प्रमुख हात भएको बताएका छन् ।
महाप्रबन्धक न्यौपानेले उद्योगका कवाडी सामान बिक्रीमा पनि ठूलो अनियमितता गरेको पाइएको छ । यसमा भएको घोटालाबारे अनुसन्धान गर्न समिति बनाइएको थियो । तर, उनले यो समितिले दिएको प्रतिवेदनसमेत सार्वजनिक गर्न आनाकानी गरिरहेका छन् । यो प्रतिवेदन सार्वजनिक नगर्नुको पछाडिको मूल कारण आर्थिक घाेटला नै भएको कर्मचारीहरू बताउँछन् । उनले अहिले पनि कवाडी समान उठाउने पार्टीलाई पक्षपोषण गर्दै ठूलो कमिशन लिइरहेका छन् ।
न्यौपाले संञ्चालक समितिबाट हचुवाको भरमा निर्णय गराएर कवाडी पार्टीलाई ट्रकका ट्रक सामान बेचिरहेका छन । यसबाट उनलाई राम्रो कमिशन लिए पनि बिक्रीको हिसाबकिताब भने देखाएका छैनन् । यसमा सञ्चालक समितिका सदस्यहरूले मौन समर्थन जनाइरहेका छन् । सञ्चालक समितिले पनि हिसाब माग्ने काम गरेको छैन् । महाप्रबन्धक न्यौपानेले दैनिक हिसाबकिताबको विवरण पनि नबुझाएको बताइन्छ । यसअघि उद्योगमा प्रत्येक दिनको आम्दानी र खर्च देखाउने गरिन्थ्यो । यो अहिले हराएको छ ।
कर्मचारीका अनुसार महाप्रबन्धक न्यौपानेले सिमेन्ट बेचेको पैसामा पनि ठूलो हिनामिना गरेका छन् । गत वर्ष २१ लाख ७२ हजार ४१९ बोरा सिमेन्ट बेचेको पैसाको हिसाब अहिलेसम्म दिइएको छैन । यसमा ठूलै रकम गोलमाल भएकाले कर्मचारी युनियनले गत वर्षको हिसाब माग्दा पनि न्यौपानेले आलटाल गरिरहेका छन् । न्यौपाने बिरुद्ध भएका कर्मचारीलाई पूर्वाग्रहका आधारमा सुरुवा गर्ने गरेको र नयाँ कर्मचारी भर्ना गर्दा पैसा लिएर भर्ना गर्ने गरेको आरोप पनि लगाइएको छ ।
उद्योगका लागि आवश्यक किट किन्न आलटाल गरिरहेका महाप्रबन्धक न्यौपानेले कोइलामा पनि घोटाला गरेको बताएको छ । उनले गुणस्तर युक्त कोइला मगाउनुको साटाे कमिशनका लागि खरानी र भुस मिसाएका कमसल कोइला मगाउने गरेका छन् । एलसी खोलेर नै कोइला मगाइएको भए पनि न्यौपानेले भित्रभित्रै सेटिङ मिलाएर कमसल कोइला मगाइरहेका छन् । क्रसरबाट हेमर चोरी भइरहेको छ । यसअघि दुई टनभन्दा बढी हेमर चोरी भएको थियो । त्यसको छानबिन पनि न्यौपानेले गराएका छैनन् ।
उद्योगका सवारी साधानको अत्यधिक दुरुपयोग गरिएको छ । काममा भन्दा आफन्त र नातागोताका लागि धेरै जसाे गाडी प्रयोग भइरहेका छन् । अतिथि सेवामा पनि अत्यधिक खर्च गरिँदै आएको छ । कमसल कोइलाको जाँचबुझ पनि भएको छैन । उद्योगको महाप्रबन्धकमा न्यौपाने आएदेखि अधिक आर्थिक अनियमितता भएको र उनले उद्योग चलाउनु भन्दा यहाँका माल सामान बच्ने र अन्य उपायबाट कमाउने बाहेक अरू काम नगरेको भन्दै उद्योगका चार वटै कर्मचारी युनियनले न्याैपानेको बर्खास्तको माग पनि गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार