सरकारले उठायो १ सय १२ अर्ब आन्तरिक ऋण, आइतबार ६ अर्ब उठाइँदै
नेपालबहस संवाददाता
बैशाख १६, २०८० शनिबार ९:३८:४
१५ वैशाख, काठमाडौं । हाल सम्म १ खर्ब १२ अर्व आन्तरिक ऋण उठाएको सरकारले आइतबार ट्रेजरी बिल मार्फत ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । १७ वैशाख आइतबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुन लागेको र जसमध्ये ६ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल जारी हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सरकारले आइतबार नै २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्दै आन्तरिक ऋण नवीकरण गर्न लागेको हो । ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ३ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ३ अर्ब गरी ६ अर्ब आन्तरिक ऋण परिचालन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
नवीकरण गर्न लागिएको आन्तरिक ऋणमध्ये २८ दिन अवधिको ट्रेजरी बिल ४ अर्ब रुपैयाँ बराबरको रहेको छ । त्यस्तै ९१ दिन अवधिको ट्रेजरी बिल ५ अर्ब १० करोडको, १८२ दिन अवधिको ट्रेजरी बिल १० अर्बको र ३६४ दिन अवधिको २ अर्बको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि नौ महिनामा एक खर्ब १२ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । यो वर्ष सरकारले आन्तरिक ऋण २ खर्ब ५६ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा नौ महिनामा उक्त ऋण लिएको हो । अर्थ मन्त्रालयका अनुसार चालू आवको नौ महिनासम्ममा कुल सार्वजनिक ऋण २० खर्ब ६० अर्ब ऋण पुगेको छ ।
जसमा बाह्य ऋण १० खर्ब ६७ अर्ब ८६ करोड रुपैयाँ र आन्तरिक ऋण १० खर्ब २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । चालू आवमा सरकारले राजस्व संकलन लक्ष्य अनुसार उठाउन नसक्दा आन्तरिक खर्च धान्न समेत सकस छ । पछिल्लो पटक यही सोमबार २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन सुरु गरिएको छ । सरकारले २८ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, ९१ दिनेमार्फत ५ अर्ब, १८२ दिने मार्फत ६ अर्ब र ३६४ दिनेमार्फत ४ अर्ब रुपैयाँ उठाउने छ । २८ दिने अवधिको ५ अर्ब र ९१ दिने अवधिको ३ अर्ब ६० करोड रुपैंयाँ नवीकरण गर्दैछ । उक्त ऋण उठाउन राष्ट्र बैंकले आइतबार सूचना जारी गरेको थियो ।
राज्यको खर्च तथा आम्दानीको लेखाजोखा गर्ने महालेखा नियन्त्रक कार्यालयको ११ वैशाखसम्मको तथ्यांकअनुसार राजस्व संकलन ४९.८६ प्रतिशत भएको छ । चालू आवमा सरकारले राजस्व १४ खर्ब ३ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । चालू आवको १० महिनाको दोस्रो साता सकिदै गर्दा लक्ष्यको ६ खर्ब ९९ अर्ब रुपैयाँ मात्र संकलन भएको छ ।
महालेखाको तथ्यांकअनुसार राजस्व संकलन भन्दा चालू खर्च बढी भएको छ । राजस्व संकलन भन्दा चालू खर्च धेरै हुँदा सरकारलाई चालू खर्च व्यवस्थापनमा चाप परेको छ । चालू खर्च भन्दा राजस्व संकलन १ खर्ब ९२ अर्ब रुपैंयाँ कम भएको छ । चालू आवमा सरकारले चालू खर्च गर्ने लक्ष्य ११ खर्च ८३ अर्व रुपैयाँ लिएको छ । उक्त लक्ष्यमा ७ खर्ब १८ अर्ब रुपैयाँ चालू खर्च गरेको छ ।
गतवर्ष सोही अवधिमा सरकारले ८ खर्ब १० अर्ब रुपैयाँ राजस्वको संकलन गरेको थियो भने लक्ष्य ११ खर्ब ८० अर्ब रुपैयाँ लिएको थियो । त्यसैगरी सरकारले गैर कर राजस्व लक्ष्यमा ६३.९४ प्रतिशत संकलन गरेको छ । चालू आवमा सरकारले गैर कर राजस्व संकलन लक्ष्य १ खर्ब ७ अर्ब रुपैयाँ लिएकोमा चालू आवको १० महिनाको दोस्रो साता सकिदै गर्दा ६८ अर्ब ९० करोड रुपैयाँ मात्र संकलन गरेको छ ।
गतवर्ष सोही अवधिमा ६३ अर्ब १३ करोड रुपैयाँ गैर कर राजस्व संकलन गरेको थियो भने लक्ष्य १ अर्ब १२ अर्ब रुपैयाँ दिएको थियो । कार्यालयको तथ्यांकअनुसार गैर कर राजस्व संकलन गतवर्षको तुलनामा झिनो अंकमा बढी संकलन गरेको छ । यस्तै, अनुदान ४ अर्ब ८० करोड रुपैयाँ संकलन गरेको छ । सरकारले चालू आवमा ५५ अर्ब ४५ करोड रुपैयाँ अनुदान लिन लक्ष्य लिएको छ ।
महालेखाको ११ वैशाखको तथ्यांकअनुसार यो लक्ष्यको ८.६६ प्रतिशत मात्र हो । गतवर्ष सोही अवधिमा १३ अर्ब ८८ करोड रुपैयाँ संकलन गरेको थियो । लक्ष्य भने ५९ अर्ब ९१ करोड रुपैयाँ लिएको थियो । गतवर्ष तुलनामा यो वर्ष सरकारले १४.५१ प्रतिशत कम अनुदान संकलन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
यस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार