यशराज फिल्मस्को धुम-४ मा जोन भिलेन
नेपालबहस संवाददाता
बैशाख १७, २०८० आइतबार १२:३३:३
१७ वैशाख, मुम्बई । यशराज फिल्मस्को ‘धुम’ फ्रेन्चाइजी बलिउडको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजी मान्छि । सन् २००४ मा रिलिज ‘धुम’को पहिलो भागमा अभिनेता जोन अब्राहम भिलेन अवतारमा देखिएका थिए । फिल्म ‘धुम २’ मा ऋतिक रोशन र ‘धुम ४’ मा आमिर खान भिलेन अवतारमा देखिए ।
यशराज फिल्मस् अब ‘धुम ४’को तयारीमा जुटिसकेको छ । फिल्ममा यसपटक पुनः जोन भिलेन चरित्रमा देखिन लागेका छन् । जोन अभिनित पछिल्लो फिल्म ‘पठान’मा उनले निभाएको भिलेन चरित्रबाट प्रभावित भएको यशराजले ‘धुम’ को चौथो संस्करणका लागि जोनलाई लिने मनस्थिति बनाएको छ ।
‘यो वर्षको सुरुवातमा जोनले शाहरुख खान अभिनित ‘पठान’मा आफ्नो दमदार अभिनयले सबैको मन जिते । उनको भिलेन चरित्रलाई सबैले मनपराए । यहीकारण यशराज फिल्मस्ले पुनः एकपटक जोनलाई ‘धुम’को फ्रेन्चाइजीमा कमव्याक गराउने योजना बनाएको छ । पछिल्लोपटक यशराजको कैयौं बैठकमा जोनलाई देखिइएको छ । त्यसकारण पनि जोन दोहोरिने सम्भावना उच्च छ’, यशराज निकट स्रोतले भनेको छ ।
जोनको अभिनय रहेको ‘धुम’को क्लाइमेक्स ‘ओपन एण्ड’ थियो । त्यसकारण उनी अन्तिममा मरे या भागे भन्ने कुरा अनिश्चित थियो । यो अनिश्चिततालाई उपयोग गर्नका लागि निर्माण टिमले जोनलाई पुनः फिल्ममा जोड्ने योजना बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउँदै, मंसिर ३० गतेदेखि हवाइ उडान
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार