आविष्कारक महाविरको माग तत्काल सम्बोधन गर्न सरकारसँग विश्वप्रकाशको माग
नेपालबहस संवाददाता
बैशाख १७, २०८० आइतबार १३:६:१३
१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आन्दोलनरत महावीर पुनले अघि सारेका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले आविष्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्वपूर्ण योगदान गरिरहेका व्यक्तित्वको कदर गर्दै प्रधानमन्त्रीले पुनको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।
‘आविष्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननीय प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु’ उनले लेखेका छन् ।
आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, सरकारले आविष्कार तथा नव युवा वैज्ञानिकहरूको विकासका लागि आविष्कार बोर्ड गठन गर्नुपर्ने, युवा वैज्ञानिकहरूले उत्पादन वा निर्माण गर्ने सवारीसाधन तथा वस्तुको दर्ता र्ग कानून बनाउनुपर्ने लगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि महावीर पुनले काठमाडौंको माइतीघरमा अनिश्चितकालीन आन्दोलन गरिरहेका छन् ।
आन्दोलनमा युवा पंक्ति मात्र नभई राजनीतिक दलहरूले समर्थन गर्ने क्रम बढेको छ । शनिबार मात्र राप्रपाका नेताहरूले माइतीघरमा पुगेर ऐक्यबद्धता जनाइसकेका छन् । सरकारका मुख्य घटक नेपाली कांग्रेसका महामन्त्री शर्माले समेत पुनको मागलाई जायज मान्दै सम्बोधनका लागि सरकारसँग गरिएको आग्रहलाई महत्वका साथ हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप–२९ः राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने
कात्तिक २८, २०८१ बुधबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
बाँकेमा कोदोखेतीको सफल परीक्षण
कात्तिक २८, २०८१ बुधबार
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कात्तिक २८, २०८१ बुधबार
कोप–२९ः राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने
कात्तिक २८, २०८१ बुधबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार