बेलायतका राजा चार्ल्सको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद जाने
नेपालबहस संवाददाता
बैशाख १७, २०८० आइतबार १३:२४:३२
१७ वैशाख, काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालकोतर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल नजाने भएपछि मन्त्री साउद नेपालको प्रतिनिधित्व गर्दै वैशाख २१ गते बेलायत जाने भएका हुन् ।
चार्ल्स तृतीयको राज्याभिषेक कार्यक्रम वैशाख २३ अर्थात मे ६ तारिखमा हुँदैछ । यसअघि राज्याभिषेकमा राष्ट्रपति पौडेल सहभागी हुने कार्यक्रम तय भएको थियो ।
मन्त्री साउद वैशाख २६ गते स्वदेश फर्किने कार्यक्रम तय भएको उनका स्वकीय सचिव दीपक जोशीले बताए । लामो समयको उपचारबाट आजै नेपाल फर्किने राष्ट्रपति पौडेललाई आराज चाहिने भएका कारण मन्त्री साउद बेलायत जाने कार्यक्र तय भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।
गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधनपछि उनका उत्तराधिकारी तथा बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह तीन दिनसम्म मनाइँदैछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
बाँकेमा कोदोखेतीको सफल परीक्षण
कात्तिक २८, २०८१ बुधबार
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कात्तिक २८, २०८१ बुधबार
कोप–२९ः राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने
कात्तिक २८, २०८१ बुधबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार