माइतीघर मण्डलामा धर्ना दिइरहेका महावीर पुन र सरकारबीच वार्ता सुरु
नेपालबहस संवाददाता
बैशाख १७, २०८० आइतबार १३:५१:३४
१७ वैशाख, काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि बजेट छुट्याउनुपर्ने र राष्ट्रिय आविष्कार बोर्ड गठन गर्नुपर्ने लगायत ४ बुँदे माग राख्दै ३ दिनदेखि माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग सरकारले वार्ता थालेको छ ।
वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ । वार्तामा कानुन मन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र वैज्ञानिक पुनसहित अन्य सहभागी छन् ।
महावीरसँगै धर्नामा राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका छन् । राजनीतिक दलहरुले समेत आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्ने क्रम बढेको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आइतबार मात्र पुनसँग प्रधानमन्त्रीले तत्काल संवाद गर्न आग्रह गरेका छन् ।
पुन संचालक रहेको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ‘यात्री’ मोटरसाइकल कानून अभावकै कारण दर्ता र नेपाली वैज्ञानिकहरुले बनाएका वस्तु तथा सवारी दर्ता हुन सकिरहेको छैन । कानूनको अभावमा देशभित्र निर्मित सवारीलाई सडकमा ट्राफिकले बारम्बार दुःख दिने काम गरिरहेको पुनले बताएका छन् । उनले देशको अर्थतन्त्र विकासका लागि स्वदेशी उत्पादन र उपभोग, मेशिनरी उत्पादन लगायत कार्यका लागि कुल बजेटको १ प्रतिशत बजेट विनियोजनको माग गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
बाँकेमा कोदोखेतीको सफल परीक्षण
कात्तिक २८, २०८१ बुधबार
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कात्तिक २८, २०८१ बुधबार
कोप–२९ः राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने
कात्तिक २८, २०८१ बुधबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार