बैंक लक्षित अराजक गतिविधि गर्नेलाई कारवाहीको दायरामा ल्याउन गृहको निर्देशन
नेपालबहस संवाददाता
बैशाख १७, २०८० आइतबार १८:३३:९
१७ वेशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमाथि निरन्तर आक्रमण र धम्कीको गतिविधि भइरहेको जनाउँदै गतिविधिमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।
लिएको ऋण नतिर्नेमात्र होइन, अरुलाई समेत नतिर्न सार्वजनिक आह्वान गर्दै हिँड्ने अराजक गतिविधिलाई सरकारले सुनेको नसुन्यै गरिरहेको भन्दै सरोकारवालाहरुले आलोचना भइरहेको बेला गृहले उपत्यकाभित्र मात्र नभएर बाहिरी क्षेत्रमा समेत घट्न नदिन प्रत्येक जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएको हो । परिपत्र गरिएको कुरा गृहसचिव विनोद प्रकाश सिंहले पुष्टि गरेका छन् ।
बैंक तथा वित्तीय संस्था एवम् कर्मचारीहरुमाथि कुनैपनि खालको आक्रमण हुनबाट रोक्न र भएमा तत्काल कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन गरेको उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बैंकर्स संघ, विकास बैंक संघ लगायतका वित्तीय संघरसंगठनहरु सरकारसँग सुरक्षाको माग गर्दै आइरहेका छन् ।
मेडिकल व्यवसायी झापाका दुर्गा प्रसाइँले लघुवित्त, बैंकका ऋणीलाई पैसा नतिर्न र किस्ता उठाउन आउने कर्मचारीलाई कालोमोसो दलेर लखेट्न भन्दै सार्वजनिक रुपमा भाषण गरेपछि प्रशासन सतर्क भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार