साहित्यकार दिलिप योञ्जनका ३ मुक्तक संग्रह एक साथ सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख १७, २०८० आइतबार २०:२०:२३
१७ वैशाख, काठमाडौं । कवि ,मुक्तकार, गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको संयुक्त विमोचन आज काठमाडाैंको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका विच विमोचन भएको छ । हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्धारा लिखित कृतिहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा स्वागत मन्त्व्य पुष्पा धमलाले राखेकी थिइन।
बरिष्ठ साहित्यकार डा. रेनुका सोलु , साहित्यकार उषा शेरचन, कुलनिधि दाहाल र वियोगी बुढाथोकीले संयुक्त रुपमा मुक्तक सङ्ग्रह विमोचन गरे । कार्यक्रममा उपस्थित साहित्यकारहरुले दिलिपद्धारा लिखित मुक्तक सङ्ग्रह भित्रका मुक्तकहरु बाचन गरेका थिए।
अमेरिकामा रहेर पनी नेपाली गीत संगीत र नेपाली माटो प्रतिको प्रगाढ मायालाई भुल्न नसकेको कुरालाई उल्लेख गदैँ गजलकार तथा गीतकार दिलिप योञ्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह “ अबिरल “ र गीति एल्बम “अनुराग“ र आगमन “ले नेपाली साहित्य र संगीतको क्षेत्रमा पुयाएको योगदानको प्रशंसा उपस्थित सर्जकहरुले गरेका थिए। नेपाल मुकतक सधका अध्यक्ष रामकाजि कानेले साहित्यकार योञ्जनले साहित्यका बिबिध क्षेत्रमा पुर्याएको योगदान अमुल्य रहेको बताए ।
बरिष्ठ साहित्यकार डा. रेणुका सोलुले मुक्तक संग्रह भित्र भएका सिर्जनाले बर्तमान र भविष्य प्रतिको अवस्थालाई प्रस्तुत गरिएको बताउँदै कृतिले सबै पाठकको मन छुन सफल रहोस् भन्दै लेखकलाई शुभकामना दिए । त्यस्तै अर्की साहित्यकार उषा शेरचनले परदेशमा रहेर पनी नेपाली सिर्जनालाई नेपाली साहित्यलाई विश्व सामु पुयाउनको लागी पुयाएको योगदानले मुक्तकारले नेपाली साहित्यको बाटो अझ फराकिलो भएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कानेले साहित्यकार योञ्जनले अमेरिकामा रहेर पनी नेपाली माटोमा आफुलाई उभ्याउन सफल भएको बताए । भौगोलिक रुपमा टाढा भएपनी नेपाली मौलिक सिर्जना मुक्तककारले पुयाएको योगदान अमुल्य रहेको बताए ।
साहित्यकार दिलिप योन्जन तामाङका हाल सम्म मान्छेको भिडमा , आस्था खोजिरहेछु , कबिता सग्रह गाउँबेसीमा फुलै फुल्यो गितिसङ्रह , अनुपम, अमुल्य , अजम्बरी , आफ्नै छाँयाले, अनुराग सिडि , अबिरल, अमर लगायतका सृजना प्रकाशित भएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
आरभको एकल चित्रकला प्रदर्शन
चैत २५, २०८० आइतबार
साहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सुनकोसी मरिण डाइभर्सन स् सुरुङ खन्न एक सय १० मिटर बाँकी
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार