अभिषेक र अभिलाषालाई टेनिस उपाधि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार १६:१४:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/abhisek-and-abhilasaha_citmJ3FfES_0Cwhxki5xQ.jpg)
१८ वैशाख, काठमाडौं । अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौँं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितको उपाधि जितेका छन् । पुरुषको एकल विधामा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् 'राखेप' को टेनिस कोर्टमा आज भएको पुरुष फाइनल खेलमा अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गर्दै च्याम्पियन बनेका हुन । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन अभिलाषाले माहिका राणालाई सीधा सेटमा ६–४ र ६–४ ले हराइन् । पुरुष÷महिला दुवैमा पहिलो हुनेले जनही रु ५० हजार र दोस्रो हुने खेलाडीले जनही रु २५ हजार पुरस्कार पाए ।
यसैगरी भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले फाइनलमा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई पराजित गर्दै पहिलो भए । ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा कमल थापा र छ्याम्बा डुन्डुपको जोडीमाथि ६–० र ६–२ को सहज जित दर्ता ग¥यो ।
भेट्रान ५५ वर्षमाथि पुरुष एकल विधामा जीवन घिमिरे शीर्ष स्थानमा रहे । जीवनले फाइनलमा जित प्रधानलाई ६–२ र ६–३ ले हराए । ४५ वर्षमाथि पुरुष एकलको स्वर्ण भिडन्तमा महेश श्रेष्ठले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारलाई ६–४, ४–६ र १०–५ ले पन्छाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का ९राखेपका० सदस्य–सचिव टङ्कलाल घिसिङ, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणा नेपाल टेनिस सङ्घका महासचिवसमेत रहेका आयोजक काठमाडौँ जिल्ला टेनिस सङ्घका अध्यक्ष मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । यही वैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १ सय ५२ खेलाडी सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
फागुन ६, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार