ट्वीटरमा समाचार पढ्न अब पैसा तिनुपर्ने
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार १६:२६:७
१८ वैशाख, एजेन्सी । आगामी महिनादेखि ट्वीटरमा समाचार पढ्न अब पैसा तिनुपर्ने भएको छ । ट्वीटरका मालिक एलन मस्कले अर्को महिनादेखि मिडिया प्रकाशकहरूले ट्विटरमा प्रकाशन गरेका सामग्री 'समाचार तथा लेख' पाठकहरुले पैसा तिरेर मात्रै पढ्न सक्ने व्यवस्था उपलब्ध गराउने बताएका छन् ।
विभिन्न सञ्चार माध्यमहरूमा मासिक एवं वार्षिक शुल्क तिरेर मात्रै आफ्ना प्रकाशनहरू पढ्न दिने पूरानो तरिका छ । तर, अस्कका अनुसार यो सुविधासँगै अब प्रयोगकर्तालाई प्रत्येक लेखको आधारमा शुल्क लगाइनेछ । मस्कले ट्वीटरमा लेखेका छन्, ‘अर्को महिना सार्वजनिक हुने फिचरमा यो प्लेटफर्मले मिडिया प्रकाशकहरूलाई प्रत्येक लेखमा एक क्लिकका लागि मूल्य तोक्न सक्नेछन् ।’
उनले यो मिडिया र पब्लिक दुवैका लागि जित भएको बताएका छन् । ४४ अर्ब अमेरिकी डलरमा कम्पनी खरिद गरेयता मस्कलले ट्विटरमा निकै परिवर्तन ल्याएका छन् ।
यस्तै, मस्कले यसै महिनादेखि क्रिएटरहरूलाई आफ्नो कन्टेन्ट हेर्न पैसा तिर्न पर्ने फिचर समेत उपलब्ध गराउँदै छ । प्रत्येक महिना २.९९, अमेरिकी डलर, ४.९९ र ९.९९ अमेरिकी डलरका तीन फरक शुल्क दर क्रिएटरहरूलाई उपलब्ध गराउनेछ ।
त्यस्ता क्रिएटरहरूको कन्टेन्ट हेर्न प्रयोगकर्ताले माथिमध्ये तोकिएको शुल्क तिर्नुपर्नेछ । १२ महिनासम्म यसरी उठेको कुनै पनि पैसा कम्पनीले नराख्ने र सबै क्रिएटरले नै पाउने मस्कले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३८ करोड २० लाख विद्युतीय सवारी बनाउन क्यार्लिफोनियामा भेटियो लिथियमको अथाह भण्डार
मंसिर १४, २०८१ शुक्रबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार