विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार १६:३६:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/pakrau-e1607092632901_WVraQz6tYv_iKKGKVZcjW.jpg)
१८ वैशाख, काठमाडौं । देशका विभिन्न स्थानबाट नौजना लागुऔषधसहित पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका-७ आग्रा बस्ने ६७ वर्षीय ईन्द्र बहादुर थिङलाई अवैध लागुऔषध गाँजा १ सय ७५ केजीसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनको घरबाट १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै सोही व्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने ७६ वर्षीय भिम बहादुर थिङ र ३९ वर्षीय शिवराज थिङको घरबाट ३० वटा पोकामा रहेको २७ केजी गाँजाको धुलो फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका-१ दमक फन पार्क नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित कमल गाउँपालिका-६ बस्ने २५ वर्षीय न्युसन राई समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
दमक नगरपालिका-९ प्रणामी मन्दिर नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्राम, मोवाइल ३ थान, डिजिटल मेसिन १ थान र नगद ६० हजार ७ सय ५० रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अस्बिन राई र अरुण दनुवार रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय प्रकाश रानालाई प्रहरीले पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१० रानागाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
असार १३, २०८१ बिहिबार
बिहेको बहानामा चीन लगेर बिक्री गर्ने महिला पक्राउ
असार १३, २०८१ बिहिबार
बुद्धको मुर्ति सहित बाँकेमा ३ जना पक्राउ
असार १३, २०८१ बिहिबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
असार १३, २०८१ बिहिबार
एसईईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
असार १३, २०८१ बिहिबार
एसईईको रिजल्ट हेर्न मिल्ने १० वटा वेबसाइट खुल्नै गाह्रो
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
विपद् प्रभावितको घरमै पुगेर राहत
असार १३, २०८१ बिहिबार
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन
असार १३, २०८१ बिहिबार
मेलम्ची नदीमा महिलाको शव फेला
असार १३, २०८१ बिहिबार
सूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
असार १३, २०८१ बिहिबार
युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा
असार १३, २०८१ बिहिबार