बोर्डले दियो ब्रोकर लाइसेन्सका लागि १६ कम्पनीलाई आशयपत्र
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार २०:१५:३८
१८ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र दिएको छ । बोर्डको आज बिहान बसेको सञ्चालक समितिको बैठकले गत असोजमा आवेदन दिएका ४५ मध्ये १६ वटा कपनीलाई आशय पत्र दिने निर्णय गरेको हो । अन्य कम्पनीको आवेदनमाथि पनि अध्ययन भइरहेको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।
हाल आशयपत्र पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सीबीआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबी सेक्यूरिटिज,आरबीबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज रहेका छन् ।
यस्तै, इन्डेक्स सेक्युरिटिज, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, आकारभैरव सेक्युरिटिज, एलिट स्टक हाउस र एसपीएसए सेक्युरिटिजले पनि आशयपत्र पाएका छन् ।
नबिल सेक्युरिटिजले धितोपत्र व्यापारीको काम गर्ने र मेघा स्टक मार्केटले पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि अनुमति मागेकोमा उक्त कार्यका लागि आशयपत्र पाएको हो । अन्यले भने सीमित कार्य गर्ने दलालका रूपमा काम गर्नेछन् ।
धितोपत्र व्यवसायी 'धितोपत्र दलाल तथा धितोपत्र व्यापारी' नियमावली, २०६४ अनुसार आशयपत्र पाएका कम्पनीहरूले ६ महिनाभित्र न्यूनतम पूर्वाधार निर्माण गरेर बोर्डलाई जानकारी दिनुपर्ने छ । बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्ने छ र पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था पर्याप्त देखिएमा धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार