आज पनि अमेरिकी डलरको भाउ स्थिर, युरोको भने घट्यो
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार ९:२७:४८
१९ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ मंगलबार पनि स्थिर रहेको छ । मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यसअघि सोमबार पनि सोहि मूल्यमा यसको कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरो १७ पैसाले घटेको छ । मंगलबार युरो एकको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४७ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ६४ पैसा कायम गरिएको थियो।
मंगलबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५४ पैसा कम हो । सोमबार यसको खरिद मूल्य १६४ रुपैयाँ २५ पैसा र बिक्री मूल्य १६५ रुपैयाँ एक पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८७ रुपैयाँ १६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ २५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६९ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।
मंगलबार पनि युएई दिराम, साउदी अरेबियन र मलेसियन रिंगिटको कारोबार रकम स्थिर रहेको छ । लगातार दुईदिनदेखि यि मुद्राको कारोबार रकम स्थिर रहेको थियो ।
जसअनुसार मंगलबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
उता, कुवेती दिनार एकको खरिदमा मंगलबार ४२६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ४२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६ पैसा तोकिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ
पुष ९, २०८१ मंगलबार
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
पुष ९, २०८१ मंगलबार
बयानका लागि रविसहित ४ जनालाई लगियो अदालत, जोशीको सकिएपछि मात्र आउनेछ अरुको पालो
पुष ९, २०८१ मंगलबार
आजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
क्रिसमसको तयारी
पुष ९, २०८१ मंगलबार