निमावि शिक्षकको परीक्षामा करिब ७९ प्रतिशत अनुत्तीर्ण
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १०:४१:५३
१९ वैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको निमावि तह, तृतीय श्रेणी शिक्षक पदको नतिजामा करिब ७९ प्रतिशत परिक्षार्थी अनुत्तीर्ण भएका छन् । कुल परिक्षार्थी मध्ये २१ प्रतिशतले मात्र सफल नतिजा निकालेका छन् ।
आयोगले गत वैशाख ९ गते खुला प्रतियोगितात्मक लिखित परीक्षा लिएको थियो । यसको नतिजामा २०.७४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी ६७ हजार १८० मध्ये १३ हजार ९३९ ले सामान्य परीक्षा उत्तीर्ण गरेका छन् । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कोशी प्रदेशमा सहभागी भएका १५ हजार ५९७ मध्ये ३ हजार ८५ जना उत्तीर्ण भएका छन् ।
मधेश प्रदेशमा सहभागी ६ हजार २१० जना मध्ये एक हजार एक सय, बागमती प्रदेशमा ११ हजार ६०६ सहभागी मध्ये दुई हजार ८०३, गण्डकी प्रदेशमा ११ हजार ७२८ जना मध्ये दुई हजार ८५५ जना उत्तीर्ण भएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा ६ हजार ६७२ सहभागी मध्ये एक हजार १८१ जना, कर्णाली प्रदेशमा सहभागी ६ हजार ५९८ मध्ये एक हजार २३१ जना र सुदूरपश्चिम प्रदेशमा सहभागी ८ हजार ७६९ मध्ये एक हजार ६८४ जना उत्तीर्ण भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार