कुल बजेटको १ प्रतिशत अन्वेषणका लागि छुट्याउने मन्त्री शर्माको आश्वासन
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १२:१८:५४
१९ वैशाख, काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आगामी आर्थिक वर्षको बजेटमा कूल बजेटको एक प्रतिशत बजेट अन्वेषण तथा नवप्रवर्तनका लागि छुट्याउने आश्वासन दिएकी छन् ।
‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८०’को अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथकाे रूपमा सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आश्वासन दिएकी हुन् ।
उनले सोमबार आविष्कार महावीर पुनसँग भएको ७ बुँदे सहमतिले देशमा सूचना प्रविधिको क्षेत्रमा आविष्कार र विकासकाे ढाेका खाेल्ने विश्वास सरकारले लिएको बताइन् । ‘सोमबार आविष्कार महाविर पुनसँग सरकारले गरेको सम्झौता सरकारलाई मात्र नभई सम्पूर्ण नागरिकका लागि खुशी कुरा हो’ उनले भनिन्, ‘सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछु ।’
यस्तै उनले आगामी आवभित्र देशका सबै स्थानीय तहमा ब्रोड ब्याण्ड संचालन गर्ने र इन्टरनेटको क्षमतालाई वृद्धि गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिइन् । सबै सरकारी वेभसाइटलाई एकीकृत रुपमा संचालन गर्ने काम भइरहेको र यसबाट सूचनाको क्षेत्रमा भइरहेको खर्च भारी मात्रामा कटौती हुने उनको भनाइ छ ।
सरकारी तथा गैरसरकारी क्षेत्रका वेभसाइटमा देखा पर्ने समस्या समाधानका लागि सरकारले साइबर सुरक्षा केन्द्र स्थापना गर्न नीति र कार्यक्रम बनाइरहेको समेत बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोटखोलामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालन
बैशाख ७, २०८१ शुक्रबार
नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्ने, नयाँ डिजाइन खोज्ने
बैशाख ५, २०८१ बुधबार
जर्मनीमा आइटीको अभाव सन् २०४० सम्ममा चौगुना हुने
चैत ३०, २०८० शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम
बैशाख १२, २०८१ बुधबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार