वार्षिक पाँच लाखभन्दा बढीको बीमामा आम्दानीको स्रोत खुलाउनै पर्ने
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १६:३९:२९
१९ वैशाख, काठमाडौं । वार्षिक पाँच लाखभन्दा बढीको बीमा गर्नेले अनिवार्य रुपमा आन्दानीको स्रोत खुलाउनुपर्ने भएको छ ।
आम्दानीको स्तरभन्दा माथि बीमा गराउँदा पोलिसी सरेण्डर र अपराधजन्य घटना बढ्दै गएको भन्दै नेपाल बीमा प्राधिकरणले यस्तो नियम ल्याएको हो ।
वार्षिक रुपमा पाँच लाख रुपैयाँभन्दा बढी रकम बुझाउने बीमामा बीमा शुल्क भुक्तानी गर्ने बीमितको आम्दानीको स्रोत खुलेको कागजात अनिवार्य गराउन बीमकहरुलाई निर्देशन दिएको छ । जीवन बीमासम्बन्धी निर्देशिकामा संशोधन गर्दै यस्तो प्रावधान ल्याइएको हो ।
स्रोत नखुलाई बीमा गरिएको पाइएमा त्यस्ता बीमा कम्पनीमाथि बीमा ऐनअनुसार कारवाही गरिनेछ । कमिशनको लोभमा बीमा अभिकर्ताहरुले बीमा गराउन दबाब दिने क्रम बढेको भन्दै सचेत समेत गराइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार