पर्ख र हेर नीतिमा सलमान खान
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १७:०:१५
१९ वैशाख, मुम्बई । बलिउड बक्सअफिसमा पछिल्लो केही समय अधिकांश फिल्मले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । गत जनवरीमा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएपछि धेरैले बलिउडका लागि आउँदो समय सुखद रहने अनुमान लगाएका थिए ।
यो फिल्म बक्सअफिसमा सुपरहिट साबित भएपछि धेरैको अनुमान अन्य फिल्म पनि सफल नै हुने भन्ने थियो । तर, यो अनुमान केवल अनुमान मात्रै रह्यो । किनकी अभिनेता सलमान खानको फिल्म ‘किसी का भाई किसी का जान’ ले बक्सअफिसमा सोचेजस्तो व्यापार गर्न सकेन । यो फिल्मलाई धेरैले ‘मसाला इन्टरटेनर’ भने भने यसको समीक्षा पनि सुखद आउन सकेन ।
आफ्नो फिल्म असफल भएपछि अहिले सलमानले कठोर निर्णय लिएका छन् । उनी अब आगामी फिल्ममा ‘पर्ख र हेर’को नीति अपनाउने योजनामा छन् । सलमानले अब कुनै पनि नयाँ फिल्ममा हस्ताक्षर नगर्ने निर्णय लिएका छन् । उनलाई हालसम्म ठूला बजेटको ६ फिल्मबाट अफर आइसकेको छ । तर उनले कुनैमा पनि अभिनयको स्वीकृति दिएका छैनन् ।
सलमान यतिबेला नयाँ फिल्म ‘टाइगर ३’को प्रतिक्षामा छन् । यो फिल्मबाट प्राप्त प्रतिक्रिया पछि मात्र उनले आगामी फिल्ममा अभिनय गर्ने वा नगर्ने भन्ने निर्णय लिनेछन् । उनी आगामी इदमा आफ्नो कुनै नयाँ फिल्म रिलिज नगर्ने मनस्थितिमा पुगिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार