जग्गाको वर्गीकरण नसकिँदै खुलाइयो घरजग्गाको कित्ताकाट
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १७:५१:१
१९ वैशाख, काठमाडौं । सरकारले घर जग्गाको कित्ताकाट खुला गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले औपचारिक रुपमा घरजग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेपनि यसबारे अध्ययन गर्न मन्त्रिपरिषद् अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिलाई जिम्मेवारी दिएको थियो ।
भूउपयोग नीतिअनुरुप जग्गाको वर्गीकरण गर्ने जिम्मा स्थानीय तहलाई दिइएको थियो । तर अधिकांश स्थानीय तहले वर्गीकरणको काम पूरा नगर्दा कित्ताकाट रोकिएको थियो । वर्गीकरणको काम क्रमशः गर्दै जाने र पूरा भएका क्षेत्रमा घर जग्गाको कित्ता खुलाएको हो ।
नयाँ नीति अनुसार साढे २ आना क्षेत्रफलसम्म जग्गा टुक्र्याउने मिल्नेछ । यसअघि टुक्र्याउन नमिल्ने नियमका कारण जग्गा कारोबार तथा अंशबण्डाका काम ठप्प थियो ।
जग्गा व्यापारमा लगानी गर्नेहरु कित्ताकाट बन्द भएका कारण मारमा पर्दै आएका छन् । कित्ताकाट रोकिएका कारण प्लटिङ गरिएको जग्गा बिक्री गर्न नपाएर ऋण डुबेको गुनासो घरजग्गा कारोबारीहरुले गर्दै आएका छन् ।
सरकारले अर्थतन्त्रमा संकट उत्पन्न हुुनुमा घरजग्गा कारोबार बन्दलाई एक मान्दै आएको छ । कित्ताकाट खुल्ने निर्णयले मालपोतमार्फत राजश्व संकलनमा वृद्ध हुने विश्वासको सरकारको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार