बझाङमा यार्सागुम्बा खोज्न गएकी महिला हिम पहिरोमा बेपत्ता
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १८:५:५१
१९ वैशाख, काठमाडौं । बझाङमा यार्सागुम्बा संकलन गर्न गएकी एक महिला हिम पहिरोमा परी बेपत्ता भएकी छन् । जिल्लाको सुर्मा गाउँपालिका–१ देवडीकी ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएकी हुन् ।
छोरासहित उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा खोज्न केही दिनअघि गएकी थिइन् । छाेरा भने सकुशल रहेकाे बताइएकाे छ ।
हिम पहिरो खस्दा भाग्ने क्रममा उनी बेपत्ता भएको स्थानीय दिपेन्द्र बोहराले बताए । घटनास्थलतर्फ जाने तयारी भइरहेको सुर्मा गाउँपालिकास्थित प्रहरी चौकीले जनाएको छ ।
यसैबीच आज दिउँसो ३ बजेतिर दार्चुलाको व्यास गाउँपालिका–१ बोलिनमा गएको हिमपहिरोमा यार्सा गुम्बा टिप्न गएका दर्जनको संख्यामा मानिसहरु पुरिएको आशंका गरिएको छ ।
खोजीका लागि दार्चुलाको सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरूबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार