लोकतान्त्रिक ब्यवस्था मै स्वतन्त्र प्रेस संभव हुन्छः देउवा
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १०:५५:९
२० बैशाख,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक ब्यवस्थामा नै स्वतन्त्र प्रेस सम्भवः हुने बताएका छन । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना मन्तब्य दिदै पुर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष संचार जगत नै लोकतन्त्रका आधारस्तम्भ रहेकोसमेत जनाएका छन् ।
‘लोकतान्त्रिक ब्यवस्थामै स्वतन्त्र प्रेस संभव हुन्छ भन्ने विश्वास राख्ने संचारकर्मीहरुले विभिन्न कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा बिशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु,’ देउवाले भनेका छन, ‘प्रजातन्त्रको स्थापनासँगै हाम्रो देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको हो । स्वच्छ, स्वस्थ र निष्पक्ष संचार जगत नै लोकतन्त्रका आधारस्तम्भ हुन् ।
नेपाली कांग्रेस मर्यादित, जिम्मेवार र स्वतन्त्र व्यवसायिक पत्रिकारिताको प्रवद्र्धन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, संचार माध्यमहरुमा संचारकर्मीहरुको पेशागत एवं व्यवसायिक विकास र प्रेस स्वतन्त्रताको पक्षमा सधैं लड्दै आएको छ ।’ जटील परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सह्राना गरेको देउवाले जनाएका छन ।
मे महिनाको ३ तारिख संसारभरि विश्व प्रेस स्वतन्त्रता दिवस, पत्रकार वर्गले आफ्नो हक र हितका निमित्त संगठित रुपमा दृढ साहस र संकल्पका साथ संघर्ष गरेर आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनको रुपमा स्मरण गर्दै देउवाले विश्व प्रेस स्वतन्त्रता दिवसका उपलक्षमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मी साथीहरूमा हार्दिक शुभकामना र बधाइसमेत दिएका छन् ।
‘नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउन नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा ऐक्यवद्धता प्रकट गर्दै यस अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सबै नेपाली संचारकर्मी एवं संचारमाध्यमलाई फेरि पनि बधाई र शुभकामना व्यक्त गर्दछु,’ देउवाले आफनो सन्देशमा भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार