पीएसजीबाट मेस्सी २ हप्ताका लागि निलम्बित
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार ११:१६:२८
२० वैशाख, काठमाडौं । विश्व चर्चित खेलाडी एवं अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी उनी आवद्ध क्लब फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट २ हप्ताका लागि निलम्बनमा परेका छन् ।
क्लबको अनुमतिबिना खाडी मुलुक साउदी अरबको भ्रमण गरेको भन्दै उनीलाई निलम्बन गरिएको हो । उनी दुई वर्षका लागि पीएसजीमा अनुबन्ध भएका थिए । उनको अनुबन्धन अवधि यो सिजनमा सकिँदैछ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार निलम्बवन अवधिमा उनले उनले पीएसजीका २ वटा खेल गुमाउनेछन् । प्रशिक्षणसमेत गर्न पाउने छैनन् भने यो समयको पारिश्रमिक कटौती गरिनेछ ।
संचारमाध्यमहरुले स्रोतको हवला दिँदै मेस्सीले साउदी अरबको भ्रमणमा जान अनुमति मागेका तर क्लबले उनलाई अनुमति दिएको थिएन् । तैपनि उनी भ्रमण गरेका छन् । साउदीमा उनले पर्यटन प्रवर्द्धनको एउटा कार्यक्रममा सहभागी भएका थिए । साउदी अरबको पर्यटन बोर्डको अफिसियल ब्राण्ड एम्बेसडर ुसमेत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार