अर्थतन्त्रको विस्तार खुम्चिए पनि कुल गार्हस्थ उत्पादन ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार ११:२०:६
२० वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने तथ्यांक कार्यालयले प्रारम्भिक अनुमान गरेको छ । यसअनुसार गत वर्षको तुलनामा यस वर्ष जीडीपीको आकार ५ खर्ब ३० अर्ब रुपैयाँले बढ्ने देखिएको छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को वार्षिक लेखा तथ्यांकसम्बन्धी प्रतिवेदनले यस्तो अनुमान गरेको हो ।
कार्यालयको प्रतिवेदनले नेपालको अर्थतन्त्रको विस्तार खुम्चिने प्रक्षेपण गरेको छ । तर उक्त अवधिमा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आधारभूत मूल्यमा कर र अनुदान समावेश नगरिने भएकाले उपभोक्ता मूल्यमा गणना गरिएको आर्थिक वृद्धिदरलाई वास्तविक मानिदै आएमको छ ।
गत आर्थिक वर्षमा नेपालको जीडीपीको आकार उपभोक्ता मूल्यमा ४९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको संशोधित अनुमान छ । चालु आर्थिक वर्षको अन्त्यसम्म जीडीपीको आकार ५३ खर्ब ८१ अर्ब ३३ करोड पुग्ने कार्यालयको प्रक्षेपण छ । कार्यालयले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर पौने २ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ ।
यस अवधिमा म्यानुफ्याक्चरिङ, निर्माण, व्यापारलगायत क्षेत्रको वृद्धिदर ऋणात्मक हुनुका साथै अन्य क्षेत्रको वृद्धिदरमा पनि कमी आएकाले समग्र अर्थतन्त्रको वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशतमा सीमित हुने कार्यालयको प्रक्षेपण छ । सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य तय गरेको छ । यस वर्ष विद्युत् र होटेल क्षेत्रको वृद्धिदर निकै राम्रो भए पनि कुल जीडीपीमा यस क्षेत्रको भार निकै कम रहेकाले समग्र जीडीपीमा खासै असर नपरेको रेग्मीले जनाए ।
चालु आर्थिक वर्षमा अर्थतन्त्रमा करिब २ खर्ब २० अर्ब रुपैयाँले स्रोत अभाव रहेको पनि तथ्यांक कार्यालयको भनाइ छ । चालु आर्थिक वर्षमा मुलुकको राष्ट्रिय पुँजी निर्माण र अन्तिभ उपभोग गरी कुल ६८ खर्ब ३६ अर्ब रुपैयाँ छ । सोही अवधिमा मुलुकको कुल राष्ट्रिय आय ६६ खर्ब १६ अर्ब रुपैयाँ छ । यसरी हेर्दा कुल व्ययभन्दा आय २ खर्ब २० अर्ब रुपैयाँले कमी छ । यो कुल जीडीपीको करिब ४ प्रतिशत रहेको कार्यालयले बताएको छ ।
चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको छ । नेपाली रुपैयाँमा यो १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर हो । कार्यालयले गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरेको थियो ।
गत वर्षको प्रतिव्यक्ति आयको वास्तविक अनुमान पनि १ हजार ३ सय ९९ अमेरिकी डलर नै पुगेको छ । गत वर्षको तुलनामा यस वर्ष जीडीपीको आकार बढेकाले प्रतिव्यक्ति आय पनि सोही दरले बढेको छ । गत वर्ष नेपाली प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो । यसरी नेपाली रुपैयाँमा प्रतिव्यक्ति आय बढेको देखिए पनि अमेरिकी डलरमा गत वर्षकै बराबर छ । डलरको विनिमय दर बढ्दा नेपाली रुपैयाँ अवमूल्यन भएकाले चालु आर्थिक वर्षमा अमेरिकी डलरमा प्रक्तिव्यक्ति आय १ हजार ३ सय ९९ नै देखिएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको जीडीपीमा कृषि क्षेत्रको योगदान २४.६ प्रतिशत हुने अनुमान छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको योगदान २.६९ प्रतिशत हुने देखिएको छ । उक्त अवधिमा धान लगायतका वर्षे बालीको उत्पादनमा वृद्धि भए तापनि हिउँदे बालीको साथै दूध, अन्डा तथा मासुको उत्पादनमा कमी आएकाले कृषि क्षेत्रको वृद्धि अपेक्षित हुन नसकेको बताइएको छ ।
चालु आर्थिक वर्षमा द्वितीय क्षेत्रको वृद्धिदर ०.५६ प्रतिशत हुने अनुमान छ । यस क्षेत्रअन्तर्गत उद्योग, विद्युत् ग्यास, आपूर्ति सेवालगायत क्षेत्र पर्छन् । जीडीपीमा यस क्षेत्रको योगदान १२.९ प्रतिशत छ । खासगरी उद्योग क्षेत्रमा आएको गिरावटले यस क्षेत्रको वृद्धिदर गत आर्थिक वर्षको भन्दा कम देखिएको हो ।
चालु आर्थिक वर्षमा सेवा क्षेत्रको वृद्धिदर २.३३ प्रतिशत रहने कार्यालयको प्रारम्भिक अनुमान छ । यस क्षेत्रमा थोक तथा खुद्रा व्यापार, आवास तगा भोजन सेवा, यातायात तथा भण्डारण, सूचना तथा सञ्चार, वित्तीय तथा बिमा, भरजग्गा कारोबार, शिक्षा, स्वास्थ्यलगायत पर्दछन् । आयात तथा आन्तरिक औद्योगिक उत्पादनमा आएको गिरावटले थोक तथा खुद्रा व्यापारमा ऋणात्मक वृद्धिदर हुने प्रतिवेदनमा भनिएको छ ।
उक्त अवधिमा यातायात तथा भण्डारण सेवामा पनि न्यून वृद्धिका कारण यस क्षेत्रको वृद्धिदरमा गत आर्थिक वर्षको भन्दा कमी आएको हो । जीडीपी गणनामा समावेश २१ औद्योगिक क्रियाकलापमध्ये ४ वटालाई अन्य सेवामा वर्गीकरण गरिएको छ । बाँकी १८ क्षेत्रमध्ये ७ वटाको आर्थिक वृद्धिदर बढेको छ भने ९ वटाको घटेको छ । बाँकी २ वटाको वृद्धिदर स्थिर रहेको कार्यालयले जनाएको छ । कार्यालयले गत आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको जीडीपीको प्रतिवेदनले अर्थतन्त्र मन्दीमा गएको औंल्याएको छ ।
विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, रेमिट्यान्स आप्रवाहलगायत बाह्य सूचक सकारात्मक रहे पनि समग्र अर्थतन्त्रको विस्तार ऋणात्मक भएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनका अनुसार पछिल्लो तीन त्रैमासमा लगातार मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक छ । पछिल्ला त्रैमासहरूमा खानी तथा उत्खनन, उद्योग, निर्माण, व्यापार, यातायात तथा गोदामलगायत क्षेत्रमाको वृद्धिदर ऋणात्मक हुँदा मुलुकको आर्थिक विस्तार पनि ऋणात्मक देखिएको प्रतिवेदनमा उल्लेख छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ०.७३ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ०.३४ प्रतिशत र गत आर्थिक वर्षको चौथो त्रैमासमा ०.२४ प्रतिशत ऋणात्मक थियो । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आर्थिक वृद्धिदर १.७ प्रतिशतले सकारात्मक रहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार