सुडानमा थप एक हप्ता युद्धविराम, शान्ति वार्ता हुने
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १२:४९:७
२० वैशाख, काठमाडौं । दुई हप्तादेखि सुडानमा द्वन्द्वरत पक्ष एक हप्ता युद्धविराम गर्न सहमत भएका छन् । सरकारी सेना र प्रतिद्वन्द्वी अर्धसैनिक बल आरएसएफबीच मे ४ तारिखदेखि एक हप्तासम्म युद्ध विराम गर्ने सहमति भएको बीबीसीले जनाएको छ ।
यसबीचमा दुवै पक्षबीच शान्ति वार्ता हुनेछ । दक्षिण सुडानले दुवै पक्ष शान्ति वार्ताका लागि आ–आफ्ना प्रतिनिधि पठाउन तयार भएको जनाएको छ ।
यसअघि पनि युद्धविरामको सम्झौता भएपनि दुवैले एकअर्कालाई सम्झौता तोडेको आरोप लगाउँदै आक्रमण जारी राखेका थिए । राजधानी खार्तुम लगायत मुख्य शहरी क्षेत्रमा भएको आक्रमणमा सयौ सर्वसाधारणको ज्यान गएको थियो ।
सुडानमा सेना र अर्धसैनिक बलबीच १८ दिन अगाडिदेखि लडाइँ जारी छ । संयुक्त राष्ट्रसंघका अनुसार यो अवधिमा एक लाख भन्दा बढीले देश छाडिसकेका छन् । ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ४ हजार बढी घाइते भएका छन् ।
लडाइँ जारी रहेमा सुडान ठूलो संकटमा पर्ने संयुक्त राष्ट्र संघीय कार्यालयले जनाउँदै आएको छ । द्वन्द्व राेकेर तत्काल वार्तामा बस्न दुवै पक्षसँग अपिल गरेकाे छ ।
द्वन्द्वका कारण अमेरिका, युरोपियन मुलुक, बेलायत, अष्ट्रेलिया, चीन, जापानलगायत राष्ट्रहरुको आफना कुटनीतिक नियोगका कार्यालय बन्द गरेर कर्मचारीलाई अन्यत्र सारिसकेका छन् भने सुडानका करिब ५ लाख नागरिकले देश छाडिसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहकरुले जनाएका छन् । लामो समयदेखि द्वन्द्वको चपेटामा परेर आर्थिक संकट व्यहोरिरहेको सुडान थप संकटमा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार