माग सम्बाेधन नभए हिस्टुन आन्दोलनमा उत्रने
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १४:१३:१५
२० वैशाख, काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले सरकारसमक्ष राखेको विभिन्न १६ बुँंदै माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
हिस्टुनको प्रतिनिधिमण्डलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ध्यानाकर्षणपत्र बुझाई एक हप्ताभित्र माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएको हो ।
उच्च माध्यमिक शिक्षा ऐन २०४६ बमोजिम २०४९ देखि सञ्चालनमा आएको कक्षा ११ र १२ मा तीन दशक बितिसक्दा राज्यबाट एकजना पनि स्थायी शिक्षकको व्यवस्था हुन नसकेको हिस्टुनका नवनिर्वाचित अध्यक्ष टीकाप्रसाद न्यौपानले बताए ।
२०४९ सालदेखि कार्यरत कतिपय शिक्षकहरु उमेर हदका कारण घर फर्केको र कतिपय घर फर्कनुपर्ने अवस्थामा रहँंदा पनि सरकार मुकदर्शक भएर बसेकोले सकारको ध्यानाकर्षण गराएको अध्यक्ष न्यौपानले बताए ।
‘हिस्टुन यस्तै साविक उच्च माध्यमिक तह कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरुको साझा छाता संगठन हो,’ हिस्टुनका नवनिर्वाचित महासचिव शंकर तिवारीले भने, ‘शिक्षकको पेशागत हकहित र सुनिश्चिताका लागि हिस्टुन बाध्यात्मक अवस्थाले निरन्तर संघर्ष र आन्दोलनमा छ र हाम्रो आन्दोलन जारी नै रहनेछ ।’
विगतका नजिरलाई हेर्दै सामाजिक न्याय र प्राकृतिक न्यायको सिद्धान्तका आधारमा अब बन्दै गरेको संघीय शिक्षा ऐन र शिक्षा नियमावलीमा कानुन बनाएर साविक उच्च माध्यमिक तह कक्षा ११ र १२ मा कार्यरत शिक्षकको व्यस्थापनका लागि शिक्षा मन्त्रालयको ध्यानाकर्षण पत्र पेश गरेको उनले जनाए ।
माग पूरा नभएमा कक्षा ११ र १२ को परीक्षा हुन दिने र कापी जाँंच नगर्नेलगायतका आन्दोलनको कार्यक्रम गर्ने चेतावनी उनीहरुले दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार