पक्राउ परेका सचिव पाण्डेलाई अनुसन्धानका लागि म्याद थप्न अदालत लगियो
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १६:६:२७
२० वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अवैध रुपमा पैसा ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं ल्याइएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा बुधबार पक्राउ उनलाई आजै जिल्ला अदालत उपस्थित गराई अनुसन्धानका लागि म्याद लिने काम भइरहेको छ । प्रहरीले पाण्डेमाथि अनुसन्धानका लागि १० दिन थुनामा राख्ने अनुमति मागेको छ ।
पाण्डे रामबहादुर थापा ‘बादल’ तत्कालीन गृहमन्त्री छँदा सचिव थिए । त्यसबेला एक गिरोहले बाग्लुङ, पर्वत, सिन्धुपाल्चोकका स्थानीयलाई भुटानी शरणाथीृ बनाएर अमेरिका उडाउने प्रलोभनमा पारेर प्रति व्यक्ति १० देखि ५० लाख रुपैयाँसम्म रकम ठगी गरेको प्रकरणमा पाण्डे अनुसन्धानमा तानिएका हुन् ।
यसअघि गिरोहका नाइके भनिने केशव दलाल लगायत ५ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सो क्रममा अभियुक्तहरुको बयानका आधारमा पाण्डेलाई पक्राउ गरिएको हो । बयानकै आधारमा तत्कालीन गुहमन्त्री बादलका सुरक्षा सल्लाहकार रहेका सुरक्षाविद् एवं महारागन्जस्थित संचालित गुर्खाज एकेडेमीका प्रिन्सिपल ईन्द्रजित राई मंगलबार नै पक्राउ परिसकेका छन् ।
सोही प्रकरणमा एमाले नेता एवं सांसद टोपबहादुर रायमाझी, उनका छोर सन्दीप, अभियुक्त राईका छोरा निरज, बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । पक्राउका लागि उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ । गिराहले ५ करोडभन्दा बढी रकम ठगी गरेको खुलेको प्रहरीको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार