डिम्पलका लागि राज कपुरसँग राजेशको दुश्मनी
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १६:४५:५४
२० वैशाख, मुम्बई । बलिउड अभिनेत्री डिम्पल कपाडिया आफ्नो समयको सुन्दर अभिनेत्रीमा पर्छिन् । उनको अभिनय कलालाई दर्शकले अहिले पनि मनपराउँछन् । आफ्नो समयमा डिम्पललाई मनपराउने अभिनेताको सूची लामै थियो । तर उनले आफ्नो मन भने सुपरस्टार राजेश खन्नालाई दिइन् ।
दुवैबीच उमेरको ठूलो अन्तर भए पनि अन्ततः उनीहरुले जोडी बाँधे । राजेशले डिम्पलकै लागि निर्माता निर्देशक राज कपुरसँग दुश्मनी साँधेका थिए । डिम्पलले फिल्म ‘बोबी’बाट बलिउडमा पाइला चालेकी थिइन् । यो फिल्मको निर्देशन राज कपुरले नै गरेका थिए । डिम्पलका पिता चुन्नी भाई कपाडियाले छोरीलाई बलिउडमा सार्वजनिक गर्नकै लागि एक पार्टीको आयोजना गरेका थिए । यो पार्टीमा राजेश खन्नासहित ठूला स्टार उपस्थित थिए ।
जब राजेशले डिम्पललाई पहिलोपटक देखे, त्यही समयदेखि उनले डिम्पललाई मनपराउन थाले । राजेश डिम्पललाई आफ्नो आगामी फिल्ममा लिन चाहन्थे । यद्यपि राज कपूर भने ‘बोबी’ रिलिज नभएसम्म डिम्पललाई कुनै फिल्ममा अभिनय गर्न नदिने कुरामा ढुक्क थिए । यहीकारण राजेश र राजबीच विवाद सुरु भयो ।
राजेश र डिम्पलले एकअर्कासँग डेट सुरु गरिसकेका थिए । दुवै प्रायः सँगै देखिन्थे । त्यसपछि उनीहरुले विवाह गरे । विवाह गरेपछि राजेशले ‘बोबी’को सुटिङमा अवरोध गर्न थाले । राजेश श्रीमति डिम्पल ऋषि कपूरका साथ काम नगरुन भन्ने चाहन्थे । यद्यपि ‘बोबी’ रिलिज भयो र बक्सअफिसमा हिट साबित भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउँदै, मंसिर ३० गतेदेखि हवाइ उडान
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार