अनुसन्धान गर्न सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १७:१:११
२० वैशाख, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अवैध रुपमा पैसा ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेला अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
महानगरीय काठमाडौं परिसर टेकुको टोलीले ठगी आरोपमा बुधबार दिउँसो पक्राउ गरेको पाण्डेलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारको हिरासत राखिएको छ । अभियुक्तलाई पक्राउ गरिएको २४ घण्टाभित्र कसुर अभियोगसहित अदालतमा पेस गर्नुपर्ने कानूनबोजिम बुधबार जिल्ला अदालतमा पेस गरिएको हो ।
पाण्डेमाथि भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाएर अमेरिका लैजाने भनी लाखौं रुपैयाँ ठगी गरेको कसुरमा अनुसन्धान हुने जनाइएको छ ।
बाग्लुङ, सिन्धुपाल्चोक, पर्वत लगायतका नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै जनही १० देखि ४५ लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग मिलेमतो देखिएपछि उनलाई पक्राउ गर्न काठमडौ प्रहरीको मागमा अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । खोजीका क्रममा उनलाई काठमडौंबाट पक्राउ गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार